2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यो संविधानले महिलाको अधिकार दिएको छैन : बन्धु चन्द

सृजना खड्का, चैत्र ५, सल्यान । अनेमसंघ क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष बन्धु चन्दले अहिलेको संविधानले महिलाको अधिकार नदिएको बताएकी छन । संविधानमा महिला अधिकारको कुरा त गर्ने तर अधिकारको नाममा विभिन्न खालका विकृति र विसंगतिलाई रोक्न नसक्ने खालको संविधान बनाएको भन्दै उनले यो संविधानले पुजीवादको विकास संगै महिलालाई उपभोगको साधन मात्र बनाएको आरोप लगाएकी छन ।

bandhu chand

महिलाको मुक्तीका लागि एकिकृत जनक्रान्तिको कार्यदिशा नै उपयुक्त भएको र संसदवादीले ल्याएको संविधानको विकल्पमा जनताको संविधान तयार भएकोले संविधान अनुसारको जनपरिषद्ले जनतालाई न्याय र सेवा दिने बताउदै सबै महिलाहरुको आश्था नेकपा माओवादी भएको बताएकी छन ।

अनेमसंघ (क्रान्तिकारी) सल्यानको नवौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सहकारी तथा संस्थाको नाममा गरिवको आर्थिक उत्पादनलाई धनी तथा पुजी भएकाले नै प्रयोग गरेको आरोप लगाएकि छन । गरिवलाई विभिन्न समूह र सहकारीले ऋण दिने नाममा ठगेको आरोप लगाउदै तिनीहरुबाट महिलाहरु सचेत बन्नुपर्ने बताएकि छन ।

वैदेशिक हस्तक्षेप र राष्ट्रघातका विरुद्ध हाम्रो आन्दोलन, वर्गिाय मुक्तिसंगै महिला मुक्तिका लागि नवौं जिल्ला सम्मेलन भन्ने नारा सहित भएको सम्मेलनले सृजना गिरीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा देवी बुढाथोकी र शिला बस्नेत, सचिव फुलमाया पुन, सहसचिव ललिता रोका र कोषाध्यक्षमा टीका डिसी रहेकी छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै संगठनकी केन्द्रिय उपाध्यक्ष सम्झना घर्तिले महिलाहरुले जनयुद्धमा देखाएको साहसलाई उचाई पुर्याउने बेला आएको बताएकि छन । त्यस्तै नेकपा माओवादी सल्यानका सेक्रेटरी डिल्लीराज शर्मा विश्वले पार्टीमा आश्था राख्नेहरुलाई संसदवादीले हेपेर बोलेको र आफ्ना कार्यकर्ताले निर्माण गरेका जनसेवाका भौतिक संरचनाहरु युद्ध शुरु भए कता लिन्छौं भनि गिज्याएको भन्दै उनिहरुले सत्ता र शक्तिका भरमा जनतालाई चुस्न बनाएका भौतिक संरचना जहाँ जस्तो अवस्थामा हुन्छन त्यहाँ त्यस्तै अवस्थामा राख्ने बताएका थिए । यदि आफ्ना कार्यकर्ताले जनसेवा गर्न निर्माण गरेका सामाजिक संस्थालाई सरकारले आरोप लगाई बन्द गराउने अवस्था आएमा उनिहरुका संरचनापनि बन्द गराउने चेतावनी दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनपरिषद् सल्यानका प्रमुख लोकपाल केसीले आफ्नो एकिकृत जनक्रान्ति र जनपरिषद्का कामले भ्रष्ट, तस्कर, घुस्याहाहरु डराइरहेको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय युवा जनस्वयमसेवकका सुर्य बुढा, अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष कमल वली, क्रान्तिकारी पत्रकार संगठनकी जिल्ला सदस्य सपना कवर, नेपाल दलित मुक्तिमोर्चाका सल्यानका अध्यक्ष घनश्याम सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए भने नयाँ कार्यसमितिलाई नेकपा माओवादी केन्द्रिय कार्यालयका कुलराम वि.क, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य डिल्लीराज रावत र अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य गणेशमान सिंहले बधाई मन्तव्य राखेका थिए ।

जिल्लाभरीका १ सय ५४ जना महिलाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता वृद्ध महिला सुकि बुढाथोकी र संचालन हेमन्ता बुढाथोकीले गरेका थिए । विहिबार विहान ११ बजे उद्घाटन भएको कार्यक्रम राति अवेला सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल