2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जस्तो सुकै आवरणको अपराधिले पनि छुटकरा पाउदैनः डिआइजी नेपाल

शँकर के सी, चैत १६, सल्यान । मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक माधव नेपालले जस्तो सुकै आवरणको अपराधिलाइ छुटकरा नदिने बताउनुभएको छ ।

उहाँले जनताको साथ र सहयोगमा अपराधीलाइ कानुनी कठघरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । सल्यान सदरमुकाम जाने क्रममा जिल्लाको प्रवेशद्धार कपुरकोटमा अवस्थीत प्रहरी चौकीमा स्थानीयहरु संग अन्तरक्रिया कार्यक्रममा बोल्दै डिआइजी नेपालले भन्नुभयो– प्रहरी एक कदम अगाडी बढ्दा अपराधी चार कदम अगाडी पुगिरहेको हुन्छ, तर जनताको साथ भयो भने जस्तो सुकै अपराधीलाइ पनि तह लगाउन सकिन्छ । जनता पनि बर्दि नलगाएको प्रहरी भएको उहाँको भनाइ छ ।

श्रोत साधन तथा जनशक्तिको अभावका बाबजुध पनि नेपाल प्रहरीले जनमुखी काम गरिरहेको भन्दै डिआइजी नेपालले भन्नुभयो–नेपाल प्रहरीको देशभर ७२ हजार दरबन्दी भएपनि १० हजार दर्बन्दी खालि छ, तर पनि हामी ठूलो साहसकान साथ भएको श्रोत साधनलाइ उपयोग गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न लागी परेका छौँ । अहिले प्रहरीमा नयाँ भर्ना खुलेकाले अबको ६।७ महिना भित्रै खालि रहेको दर्बन्दी पुरा हुने र जनशक्ति अभावको समस्या केहि हद सम्म हल हुने उहाँले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा राप्ती अञ्चाल प्रहरी प्रमुख एसएसपि प्रेम चन्दले प्रहरीको माग अहिले गाउँ गाउँमा रहेको भन्दै यसले जनताको प्रहरी प्रतीको विश्वासलाइ अझै बलियो बनाएको बताउनुभयो । उहाँले आफु मातहतका प्रहरीहरुलाइ निर्देशन दिदै भन्नुभयो– प्रहरीको विश्वास जनताले गरेका छन्, त्यो विश्वासलाइ टुट्न नदिएर समाजमा शान्ति, सुव्यवस्था चुस्त दुरुस्त राख्न अनुरोध गर्छु ।

यस्तै सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपि श्याम खत्रीले जिल्लाका सबै निकाय संग समन्वय गरेर आफु अगाडी बढ्ने बताउनुभयो ।
सो अवसरमा स्थानीयहरुको तर्फबाट घनश्याम शर्माले कपुरकोट प्रहरी चौकीलाइ इलाका प्रहरी चौकीको रुपमा स्तर वृद्धि गर्न, जनशक्ति वृद्धि गर्न र आवश्यक पर्ने सवारि साधनको व्यवस्था गर्न माग गर्दै ज्ञापन पत्र बुझाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल