२४ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पत्रकारहरु सूचना जनस्तर सम्म पुर्याउ : प्रजिअ रिजाल

२१ चैत्र २०७२, आईतवार ११:५९

tahalkaडिल्लीराज रावत, चैत्र २१, सल्यान । सल्यानका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सुचनाको हक कार्यान्वयनको महत्वपूर्ण माध्यम पत्रकारीता भएकोले उनिहरुले त्यो कुरा जनस्तरसम्म जानकारी दिनुपर्ने बताएका छन ।

????????????????????????????????????

????????????????????????????????????

सरकारी क्षेत्रका काम नभएको भन्दै अन्तमा मात्रै जागरुक नभई पत्रकारहरु कामको सुरुवातीमा नै खवरदारी गर्नेगरि पत्रकारले सकारात्मक भूमिका खेल्नुपर्ने भन्दै उनले एउटा सेवा ग्राहि जव सन्तुष्ट भएर कार्यालयबाट फर्किन्छ तवमात्र सुशासन कार्यान्वयन हुने बताएका छन । उनले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई आफ्नो मिडियाबाट नागरिक वडापत्रहरुलाई प्रशारण गर्न सहयोग गर्नुपर्ने बताएका छन । उनले जनस्तरमा ति कुराको जानकारी भएमा समाजमा भ्रष्टाचारका गतिविधि कम हुने बताएका छन ।

रेडियो तहल्का सल्यानको पहिलो बार्षिकोत्सवको अवसरमा खलंगामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै राजनीतिक दलको भागबण्डाका लागि बन्द कोठामा आयोजना बाँडिने कुराको अन्त्य हुनुपर्ने बताएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि तथा स्थानिय विकास अधिकारी रामचन्द्र पौडेलले अफवाह फैलाउने खालको पत्रकारीता नगर्न पत्रकारहरुलाई आग्रह गरेका थिए । त्यस्तै उनले आवाज नहुनेहरुको आवाज बन्न रेडियो तहल्कालाई शुभकामना दिएका थिए । अर्का विशिष्ट अतिथि तथा नेकपा माओवादीका केन्द्रिय सदस्य मोहलाल चन्द आधारले राज्यको चौथो अंग मानिने पत्रकारीताले आदर्श राज्य स्थापनाकालागि सहयोग गर्नुपर्ने बताएका छन । उनले यदि कतै गलत भएको भए पत्रकारले हस्तक्षेप गरेर भएपनि पत्ता लगाउनुपर्ने बताएका छन ।

कार्यक्रममा उपस्थित नेपाली काग्रेशका जिल्ला सभापति गणेश चन्द, एमालेका अध्यक्ष हरि केसी., एमाओवादीका नेता भिम प्रकाश शर्मा, राप्रपा नेपालका युवराज आचार्य, राप्रपाका सचिव दुर्गा बहादुर सिंह रावत, नेकपा मालेका बल बहादुर गिरी, राष्ट्रिय जनमोर्चाका क्षेत्र बहादुर वि.क, राष्ट्रिय जनमुक्तिका अध्यक्ष खडक बहादुर पुन लगायतको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा सहभागि विभिन्न शिक्षक, पत्रकार, सरकारी तथा गैर सरकारी कार्यालका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।

गत बर्ष चैत्रमा प्रशारण आरम्भ गरेको रेडियो तहल्काले दैनिक १८ घण्टा आफ्ना कार्यक्रम प्रशारण गर्दै आएको छ । बार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा बर्षभरिका कार्यक्रमलाई शब्द तथा दृश्यबाट सबैलाई देखाईएको थियो । २ बर्ष प्रवेश गरेको अवसरमा रेडियोले सबैलाई धन्यवाद पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा काठमाडौँको टुसालमा बसको ठक्करबाट बृद्धाको मृत्यु लामिछानेको कसुरमा संलग्नता नरहेको अहिले नै भन्न सकिने अवस्था रहेन: चितवन जिल्ला अदालत डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश कांग्रेसको प्रतिक्रिया- फेरि प्रधानमन्त्री हुन नसक्ने बुझेर प्रचण्ड बोलेका हुन् भारतमा वायुसेनाको विमान दुर्घटना कुरुवा बसेका व्यक्ति नै अस्पतालको शौचालयमा मृत फेला प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ: गृहमन्त्री लेखक भेरी नदीमा बेपत्ता दुईमध्ये एकको शव फेला चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो रविबारे प्रचण्डले भने- हिजो प्रधानमन्त्री अफर गरेकाहरू न्यायपालिकालाई धम्क्याएर सडाइछाड्ने षड्यन्त्रमा छन् कांग्रेसलाई प्रचण्डको प्रश्नः ओलीजीसँग सत्ता सहकार्यमा मात्रै हुनुहुन्छ कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेको ? गृहमन्त्रीले अन्तर्जातीय विवाह तोड्न निर्देशन दिएर राज्यशक्ति दुरूपयोग गरेको सांसद नेपालीको आरोप अध्यक्ष प्रचण्डले सदनमा प्रधानमन्त्री ओलीलाई खोजेपछि… वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ प्रतिनिधिसभाको बैठक सुरु : अध्यादेश प्रस्तुत नगरिने ओली–देउवासँग उपेन्द्रले मागे मधेशको मुख्यमन्त्री ट्रम्पको धम्कीपछि मेक्सिकोले अमेरिकी सीमामा खटायो १० हजार सेना तरबारले केक काटेको भिडिओ सामाजिक सञ्जालमामा राख्ने ७ जना पक्राउ