२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महिला हिंसा विरुद्ध १६ दिने अभियान विश्वभर मनाउदैं गर्दा छिमेकीबाट महिला कुटिईन

२०७४, १२ मंसिर मंगलवार १३:१८

भास्कर के.सी./मंसिर १२, कञ्चनपुर । महिला हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउन थालिएको २५ वर्ष भैसकेको छ । 

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । विश्वले महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्ट्रिय दिवस मनाइ रहेको बेला कञ्चनपुरको भि.न.पा.–६, सुकासालमा एक महिला आफ्नै छिमेकीबाट निर्घात कुटिएकी छन् । 


३८ बर्षीय जयन्ती कलौनीलाई उनका छिमेकी  ४५ बर्षीय ललिता कलौनी, ३० बर्षीय किशोर कलौनी र १८ बर्षीय धिरज कलौनीले मंगलबार (आज) ३: ३० बजे कुटपिट गरेका हुन् ।

छाडा गाई भैसीले आफ्नो अन्नबाली नष्ट गरिदिने भएकाले आफ्नो खेतमा उनले बार लगाएकि थिईन । त्यो बारलाई उनीहरुले आएर हटाएपछी सुरु भएको सानो विवादमा आफु घरमा आएर काम गरिरहेको बेला एक्कासी कुटपिट गरेको जयन्तीका श्रीमान भवानी दत्त कलौनीले बताए । 

उनलाई पनि सामान्य चोट लागेको छ भने जयन्तीको छातीमा चोट लागेको छ, छातीको एक्सरा भई रहेको छ, टाउकोमा पनि  चोट लागेको छ ।  कुटपिटमा संलग्न तिनै जनालाई वडा प्रहरी कार्यालयमा राखि घटनाको छानविन भैरहेको वडा प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस