३ फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा पनि १७ औँ वनस्पति दिवस मनाइयो

२९ चैत्र २०७२, सोमबार १०:०९

basanpati

शँकर के सी, चैत्र २९, सल्यान । किसानले उत्पादन गरेको जडिबुटि संकलन गरेर सजिलै संग बजार सम्म पुर्याएर विक्री गर्न सकिने व्यवस्था हुनेपर्नेमा सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

जडिबुटि तथा विभिन्न वन पैदावारको निर्यातमा अहिले रहेका ऐन नियमले कठिनाइ ल्याइरहेको भन्दै किसान तथा व्यापारिहरुले निएम कानुनको सुधार नभए सम्म जडिबुटि खेती गर्न र रुख रोप्न तर्फ ध्यान जान नसक्ने बताएका हुन् ।

वनस्पति विभागको ५६ औँ वार्षिकोत्सव तथा १७ औँ वनस्पति दिवसको अवसरमा जिल्ला वनस्पति कार्यालय सल्यानले आज मुलपानी वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले समयसापेक्ष ऐन र स्पष्ट नीतिको अभावमा उत्पादन र निर्यात बृद्धिमा थुप्रै समस्या भएकोले समय सापेक्ष ऐन नियमहरु तर्जुमाका लागि छुट्टै जडिबुटी बोर्ड गठन गर्नुपर्ने उनीहरुले माग गरेका हुन् ।

वनस्पति कार्यालयका प्रमुख जिवन पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य घनश्याम शर्माले नेपालको आर्थिक विकासका लागी प्राथमिकता क्रममा परेका ३० वटा जडिवुटिका प्रजातीहरु मध्ये सल्यान जिल्लामा मात्र १८ वटा जडिवुटीको खेती गरि आय आर्जन गर्न सकिने भएकाले किसानहरु अब जडिबुटिको व्यवशायीक खेतीतर्फ लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका शर्माले जडिबुटिको भण्डार मानिने सल्यानमा सामुदायीक वनहरुमा पनि यसको खेती गरेर लाभ लिन सकिने प्रशस्तै सम्भावना रहेको बताउनुभयो ।

वनस्ति प्रचारमा सहयोग पु¥याउने विभिन्न व्यक्तिलाइ सम्मान
यसैविच गरौँ सम्बद्र्धन वनस्पतिको, हुन्छ उन्नती राष्ट्रको भन्ने नाराकोसाथमा मनाइएको वनस्पति वनस्पति दिवसको अवसरमा वनस्पति संरषण, सम्बद्र्धन, विकास तथा प्रचारप्रशारमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाइ दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा व्यवशायीक जडिबुटिको खेतीमा लागेका किसानहरु रुद्रविर कवर, प्रेम कुमार आचार्य, रेडियो कपुरकोटका स्टेशन मैनेजर सन्तोष जिएम, पत्रकार शँकर के सी, उमावि किमुचौरका शिक्षक श्याम कुमार केसी, व्यापारि लाल बहादुर ओलि, वनस्पति कार्यालयका हेड फिल्ड अधिकृत कृष्ण पुन, नर्सरी नाइके बुद्ध सेन रहनुभएको छ ।

यसैविच कार्यक्रममा जिल्ला वनस्पति कार्यालयका प्रमुख जिवन पाण्डेले जिल्लाका सम्पूर्ण भागहरु लगायत छिमेकी जिल्लामा जडिवुटी तथा वनस्पति संरक्षण सम्वन्धि सेवा पुरयाउन माग भए पनि पहुच पुरयाउन नसकिएको बताउनुभएको छ । जनशक्ति अभावको कारणले सबै क्षेत्रमा सेवा पुरयाउन नसकिएको र पकेट क्षेत्र छनौट गरि आफ्ना क्रियाकलापहरुलाई एकिकृत गरि संचालन गर्दै आएको उहाले जनाउनुभयो ।

जिल्ला वनस्पति कार्यालयले धनवाङ २ मुलपानी स्थीत मुलपानी वनस्पति उद्यानमा ३३८ प्रजातीका जडिबुटि संरक्षण गरेको छ । १ सय १३ दशमलव ५ रोपनी क्षेत्रफलमा रहेको उद्यान भित्र नेपालको भौगोलिक विविधता झल्कने संरचना पनि स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते पृथ्वीचोकबाट अबैध लागू औषधसहित ३ जना पक्राउ लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते रुपन्देहीमा गाँजा र चरेससहित ७ जना व्यक्ति पक्राउ जनकपुरधाममा मुख्यमन्त्री सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन महाकुम्भमा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु, १९ जना घाइते डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा पक्राउ दक्षिण कोरियाबाट ४ जना नेपाली निष्काशित लागुऔषध (ब्राउनसुगर)सहित ३ जना पक्राउ