१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन विरोधी गतिविधिमा संलग्न ५७ जना पक्राउ

१३ मंसिर २०७४, बुधबार ०३:५९

मङ्सिर १३, झापा । झापामा एकपछि अर्को गर्दै उम्मेदवार लक्षित आक्रमण शुरु भएको छ । 

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउँदै आक्रमण हुन थालेका छन् । 

भद्रपुरस्थित संघीय एकाइ प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले मेचीबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न ५७ जनालाई पक्राउ गरेको जनाए पनि उम्मेदवारलाई लक्षित गर्दै बम विस्फोट गराउने कार्यले शान्ति सुरक्षाप्रति चिन्ता व्यक्त गरिएको छ । 

नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घरमा बम विस्फोट भएको छ । चन्द्रगढीस्थित सिटौलाको घरमा सोमबार राति १२: ४७ बजेको समयमा अज्ञात समूहले बम विस्फोट गराएको थियो । 

सुरक्षाको दृष्टिकोणले सुरक्षित मानिएको सदरमुकाम चन्द्रगढीमै सिटौला निवास रहेको छ । सिटौला घरको सुरक्षार्थ पाँच जना प्रहरी परिचालन भए पनि उहाँको घरमा सोमबार राति बम प्रहार भएको थियो । 

त्यस्तै कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको घरमा पनि बम फेला परेको छ । उहाँको घरमा फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले मंगलबार नै निष्क्रिय गरेको थियो । 

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा पनि बम विस्फोट गराइएको थियो भने नेपाली काँग्रेस झापा सभापति तथा झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उद्धव थापाको घरमा पनि बम विस्फोट गराइएको थियो । 

वम विस्फोटका कारण थापाको घरमा राखिएको बोलेरो जिपमा क्षति पुगेको छ भने सिटौला र ओलीको घरमा सामान्य मात्र क्षति पुगेको बताइएको छ । 

थप सुरक्षा रणनीति अपनाएका छौँ: प्रजिअ 

उम्मेदवारलाई लक्षित गर्दै शृंखलाबद्धरुपमा एकपछि अर्को घटना हुन थालेपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले झापाको सुरक्षा व्यवस्थालाई अझ मजबुत राख्न थप सुरक्षा रणनीति अपनाएको बताउनुभएको छ । 

दिनहुँजसो झापामा उम्मेदवारलाई लक्षित गर्दै वम विस्फोट हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले विशेष सुरक्षा रणनीति अपनाएको र सोहीबमोजिम आफूहरु अघि बढेको उहाँको भनाइ छ । 

निर्वाचनलाई लक्षित गर्दै एक सातायता विभिन्न गतिविधिमा संलग्न २० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण