२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

एनआरएनए साउदीद्वारा अनुदान इ-लाइब्रेरी भवनको उद्घाटन सम्पन्न

२०७४, १३ मंसिर बुधबार १२:०३

मङ्सिर १३, रोल्पा । सिद्दार्थ मावि घोप्टेओढारमा नमुना बिद्यालय अभियान थालनी भए लगतै भौतिक निर्माणको पहिलो दाताको रुपमा पाएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयपरिषद साउदीद्वारा अनुदान गरिएको दुईकोठे ई-लाइब्रेरी भवन उद्घाटन भएको छ । 


मंसिर १२ गते मंगलबार भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एनआरएनए एनसीसी साउदी अरबका अध्यक्ष नारायण पासवान रहनु भएको थियो भने विशिष्ट अतिथिमा एनआरएनए एनसीसी साउदी अरबका बरिष्ठ उपाध्यक्ष डम्मर यादव रहनु भएको थियो ।


प्रमुख अतिथि र विशिष्ट अतिथिबाट ब्यानर उद्घाटन संगै रिवन काटेर दुई कोठे इ-लाइब्रेरी भवन उद्घाटन गर्ने कार्य भएको थियो साथै एनआरएनए साउदी द्वारा प्रदान गरिने १० वटा कम्प्युटरको कम्प्युटर कक्ष अनुगमन गर्नु भएको थियो।

प्रमुख अतिथि नारायण पासवानले आफ्नो मन्तव्य द्वारा शैक्षिक अभियानमा जुटेको अभियन्ताहरु र स्थानीय बासिलाई कृतज्ञता प्रकटगर्दै धन्यवाद व्यक्त गर्दै उक्त अभियानमा जोडिएर सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्नु भएको थियो । 

एनआरएनए एनसीसी साउदी द्वारा १० वटा कम्प्युटरका लागि फर्निचर (४ वटा लामा टेवल र १० वटा कुर्सि) बिद्यालयलाई प्रदान गरिएको थियो र थप १० वटा कम्प्युटर निकट भबिस्यमा बिद्यालयलाई उपलब्ध गराउने घोषणा गर्नु भएको थियो । अध्यक्ष पासवानले इ-लाइब्रेरी पनि प्रदान गर्ने बचनबद्धता दिनु भएको थियो ।


यसैगरि विशिष्ट अतिथि डम्मर यादबले मन्तब्यको क्रममा सम्बोधन गर्दै ‘आगामी दिनहरुमा पनि शैक्षिक अभियानलाई सहयोगका लागि हातेमालो गरिरहने आश्वासन दिनु भएको थियो भने स्थानीयबासि तथा अभियन्ताहरुलाई शैक्षिक अभियानका लागि आभार समेत व्यक्त गर्नु भएको थियो । 


नमुना विद्यालय अभियान संयोजक प्रेम बहादुर वलीले अतिथि लगाएत कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तब्य द्वारा स्वागत गर्दै अभियान बारे प्रस्ट्याउनु भएको थियो । स्थानीयबासि र आमा समुह द्वारा अतिथिहरुलाई बाजागाजा सहित स्वागत गरेका थिए भने कार्यक्रमको बिचमा स्थानीय झाँकी प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सभापति बिब्यस अध्यक्ष तिलक राम वली रहनु भएको थियो भने कार्यक्रमको संचालन प्रधानाध्यापक गोर्ख बहादुर वलीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस