१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

दाङबाट सल्यान हुँदै रोल्पाको लोद्चौर पुग्यो जलजलाको गाडी, स्थानीय खुसी

१५ मंसिर २०७४, शुक्रबार ०७:१४

मंसिर १५, रोल्पा । दाङ तुलसीपुरबाट सल्यान हुँदै रोल्पाको लोद्चौरमा पहिलोपटक जलजला यातायात प्रालिको गाडी पुगेको छ ।

सुकिदह गाउँपालीका वडा नम्बर ५ लोद्चौरमा बिहीबार पहिलो पटक यात्रुसहितको बस पुग्दा स्थानीयहरु खुसी भएका छन् । पहिलोपटक बस पुगेपछि स्थानियहरुले गाडी तथा अथितीहरुलाई भब्यतवरले स्वागत गरेका छन् । 

गाडी उद्घाटन कार्यक्रममा सुकीदह गाउँपालिका अध्यक्ष बिरबहादुर खत्री, उपप्रमुख रिता घर्ती, ५ नं वडा अध्यक्ष मानबहादुर डाँगी, २ नं. वडा अध्यक्ष भुपाल परियार, नेकपा एमालेका प्रतिनिधि रामकुमार शर्मा लगायतको उपस्तीथि रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खत्रीले सबै बिकासका पुर्वाधारका लागि यातायात महत्वपुर्ण रहेको भन्दै अब सुकीदहमा पनि यातायात क्षेत्रको निकास खुलेको बताएका छन् । विगतका दिनमा प्रयास गरेकाले यस पटक बस उदघाटन गर्न पाएकोमा आफुलाई खुशी महसुस भएको बताएका थिए ।


वडा नं ५ का वडा अध्यक्ष मानबहादुर डाँगीको अध्यक्षतामा भएको बस उदघाटन कार्यक्रममाको संचालन डम्मर बहादुर पुनले गरेको अशोक ओली परिवर्तनले जानकारी दिएका छन् ।

यता दाङ तुलसीपुरबाट सल्यान बागचौरको पातिहाल्न हुदै गाडि संचालन हुने भएकाले सल्यान कोटमौलाका स्थानीयहरु पनि खुसि भएका छन् । बागचौरको पातिहाल्नमा रोल्पा र सल्यानलाई केन्द्र बनाएर दैनिक एउटा गाडीमात्रै गाडी संचालन हुदाँ यात्रुहरु कोचिएर यात्रा गर्ना बाध्य हुन्थ्य । 

अब लोद्चौरमा गाडी संचालन हुदाँ साविकको सल्यान दमाचौर र कोटमौलाका बासिन्दाहरुलाई पनि सहज हुने त्यहाँका स्थानीयहरु बताउछन् । गाडी दैनिक संचालन हुने जलजला यातायात प्रालिले जानाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण