२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अर्गानिक खेतीबाटै वार्षिक २५ लाख आम्दानी

२८ बैशाख २०७३, मंगलवार ११:५२

योगराज विश्वकर्मा, बैशाख २८, सल्यान । स्वदेशमा सम्भावना नदेखी विदेशीने युवाहरुको लागि गतिलो उदाहरण बनेका छन सल्यान शारदा न.पा.४ साहिलाकम्द निवासी कृष्ण बहादुर वली ।

बढ्दो विषादीको उच्च प्रयोगलाई निरुत्साहित गर्दै जैविक मल प्रयोग गरी स्वस्थ तरकारी, फलफुल उत्पादन गरी सबै खर्च कटाएर वार्षिक २५ लाख भन्दा बढि आम्दानी गर्न सफल भएका छन ।

२०५२ सालमा प्रविनता प्रमाणपत्र तह उर्तीण गरेका कृषक वलीले ४ वर्ष सम्म रोजगारीको लागि भारत जानुपर्ने वाध्यताकै विचमा कृषि जन्य बस्तुहरु खरिदविक्रि संगै आफ्नै घर नजिकको पाखो जमिनमा तरकारी तथा फलफुल खेती गर्न थालेका हुन ।

अथक मेहनत र परिश्रम संगै उनको कृषि कर्मले सफलता हात पार्दै गयो, जिल्लाका केही संघसंस्था तथा जिल्ला कृषि विकास कार्यालयको सहयोग तथा व्यक्तिगत लगानीमा हाल उहाले ३० रोपनी पाखो जमिनमा विभिन्न स्थानीय तथा अन्तराष्ट्रिय प्रजातीका विरुवा, फलफुल, जडिबुटी तथा तरकारी उत्पादन गर्दै आएका छन ।

प्रत्यक्ष रुपमा चार जनालाई रोजगारी समेत दिउका वली गरेपछि जे पनि सम्भव हुने कुरामा विश्वस्त छन । पानीको अन्य कुनै स्रोत नभएता पनि आकासे पानी संकलन गरी अर्गानिक खेती गरेर जिल्लाकै नमुना कृषकको रुपमा स्थापित भएका हुन । आफ्नो उत्पादनका लागि बजारको कुनै समस्या नभएको र खोजी खोजी घरमै व्यापारीहरु किन्न आउने उनले बताए ।

नेपालका ६२ जिल्ला भ्रमण गरिसकेका वली विभिन्न कृषि सम्बन्धि तालिमहरुमा प्रशिक्षको रुपमा विभिन्न ठाउहरु जाने गरेका छन । उनी नेपाल सरकारको उत्कृष्ठ राष्ट्रपति कृषक पुरस्कार तथा अन्य थुप्रै पुरस्कारहरुबाट सम्मानित भै सकेका छन । सदैब कृषि कर्ममा रमाउने कर्मठ कृषक कृष्ण बहादुर वली जस्तै नेपालका विभिन्न ठाउमा यसरी नै कृषि व्यवसायमा लागेमा हजारौंको लागि रोजगारीको सृजना हुने निश्चित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ? पाथीभरामा केबलकार निर्माणविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर