पढ्न करिब 1 मिनेट लाग्छ

चिसाङ शेर्पा/मंसिर १८, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ पुईलुङमा बालकको डुबेर ज्यान गएको छ ।

खेल्ने क्रममा सोमवार बिहान घरछेउमा रहेको आफ्नै माछा पोखरीमा डुब्दा शुक्र कुमार राई र श्रीमती तारा राईको १८ महिनाका बालक युकेश राईको मृत्यु भएको हो ।

आमा बिरामी अवस्था सुतिरहेका र हजुरआमाले हेरीरहेको बालकलाई आमासंग एकैछिन छोडेर बिहान करीब साढे ६ बजे गाईवस्तुलाई घाँस लगाएर हजुरआमा घर आउदा बच्चालाई आमासंग नभेटेपछी खोज्ने क्रममा माछा पोखरीमा डुबिरहेको अवस्थामा फेला परेको स्थानिय भगेश्वर राईले जानकारी दिनुभयो ।

घट्नाका बारेमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली त्यसतर्फ हिडेको खोटाङका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताए ।