पढ्न करिब 1 मिनेट लाग्छ

मंसिर २१, सल्यान । सल्यानका विभिन्न ठाउँमा हिजो देखि नै बम विस्फोटका घटनाहरु भईरहेका छन् ।

आज हुने निर्वाचनलाई लक्षित गरि अज्ञात समुहले बम बिस्फोट गराएको हो ।अहिले सम्म कुनै मानविय क्षति नभएपनि स्थानीय, सुरक्षाकर्मि र कर्मचारी त्रसित भएका छन् ।

हिजो राति बागचौर नगरप्रमुख लोकमान बुढाथोकी बसेको घर नजिकै बम विस्फोट भएलगतै उनिमाथि आक्रमणको प्रयास पनि भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।

त्यस्तै आज विहानै देखि बागचौर नगरपालीका भित्र पर्ने ९ नम्बर वडाको सुर्यदोय प्रावि कुयापानीको बुथ केन्द्र नजिक अज्ञात समुहले बम विस्फोट गराइरहेको छ । बिहान ३: २० बजेदेखि यो समाचार तयार पार्दा सम्म बम विस्फोट भइरहेको प्रहरीले बताएको छ ।

स्थानीयहरु फोनबाट तथा फेसबुकमा पोष्ट गरेर बम विस्फोटका घटनाहरु सबैलाई जानकारी दिइरहेका छन् । प्रहरीले भने बम विस्फोट गराएर उनिहरुले आफ्नो हर्कत देखाएको तर त्यसले आफुलाई केहि असर नपर्ने बुथ केन्द्रमा खटिएका प्रहरी असई जयराम बुढाथोकीले बताए ।

बिहान देखि लगातार बम विस्फोट भएपनि आफुहरुले व्यापक सुरक्षाकर्मि परिचालन गरेकाले ढुक्क भएर मतदान गर्ने व्यबस्था भएको उनको दावि छ ।