2026-09-18 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

डुबेर बेपत्ता भएका युवकको शव फेला

मङ्सिर २२, गाईघाट  ।  उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको परिसरमा रहेको पोखरीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । 

प्रहरीका अनुसार बिहीबार २ बजे केही साथीसँग पोखरीमा पौडी खेल्न प्रवेश गरेका त्रिनपा–६ का २२ वर्षीय डेबिट राई पोखरीमा डुबेर बेपत्ता भएका थिए । 

तर बिहीबार बेलुकीदेखि राति अबेरसम्म पनि राईको शब खोजी गर्ने क्रममा नभेटिएपछि आज बिहानैदेखि नेपाली सेना र प्रहरीको टोलीले राईको शव खोज्न परिचालन गर्ने क्रममा शव भेटिएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताउनुभएको छ । 

राईको शव पोखरीभित्र हिलोमा गाडिएका कारण भेट्न कठिनाइ भएको पनि प्रहरीले बताएको छ । मृतक राईसँगै अन्य पौडी खेल्ने तीनजना युवालाई पनि प्रहरीले बिहीबार नै अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई