2026-09-19 06:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा एकको मृत्यु

चिसाङ शेर्पा/मंसिर २३, खोटाङ । खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा एक जनाको मृत्यु भएको छ । 

हलेसी तुवाचुङ नगरपालिका ६ स्थित घुर्चुमा शुक्रबार साँझ भीरबाट ट्याक्टर खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका डाडाँगाउका स्थानिय बर्ष २३ को बाल कुमार पुलामी मगरको घट्नास्थलमा नै ज्यान गएको हो ।

साँझ साढे ५ बजेको समयमा हलेसीबाट दुधकोशीतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्याक्टर सप्तेश्वर भीरबाट ७ सय मिटर तल खसेको थियो । ट्याक्टरमा सवार २६ बर्षिय अर्जुन थापा मगर घाईते भएका छन् । घाईते मगरलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी दुर्छिम पठाईएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

ट्याक्टरका चालक सोही नगरपालिका बस्ने १९ बर्षिय देबेन्द्र बस्नेत फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई