2026-10-29 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

आगलागीमा परी एक महिलाको मृत्यु

मङ्सिर २८, इलाम । इलाम नगरपालिका–४ बिब्ल्याँटेस्थित एक घरमा गएराति आगलागीमा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । 

बिब्ल्याँटेका भवीन्द्र नेपालको घरमा राति २ बजे आगलागी हुँदा उनकी श्रीमती ३० वर्षीया पवित्रा नेपाल जलेर घाइते भएकी थिइन् । इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

रातको समयमा घरमा बालिएको टुकीबत्ती लडेर आगलागी भएको र आगो सल्केपछि भाग्नेक्रममा महिला घाइते भएको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । मृतक महिलाको शव घरमा ल्याएर राखिएको छ । 

आगलागीबाट नेपालको घर र त्यसभित्र रहेका भाडावर्तन, लत्ताकपडा, खाद्यान्नलगायतका सरसमान नष्ट हुँदा रु तीन लाखभन्दा बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घरमा लागेको आगो स्थानीय र प्रहरीको प्रयासमा एक घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम