2026-09-19 06:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ आईडल– चिसापानीबाट आठ जना छानिए

चिसाङ शेर्पा | मंसिर २९, खोटाङ | जिल्लामा गत मंसिर २ गते साकेला गाउँपालिकाको रतन्छाबाट शुरु भएको बृहत सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजार पुगेको छ । स्थानिय स्तरमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने उद्देश्यका साथमा सञ्चालन भईरहको खोटाङ आईडलको पहिलो अडिसन राउण्डको चौथो अडिसन शुक्रबार चिसापानी बजारमा भएको हो । 

आयोजक परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका तथा सहआयोजक चिसापानी सामुदायिक सिकाई केन्द्र र ब्राईट खोटाङ एकेडेमीको संयुक्त आयोजनामा भएको रियालिटी शोमा १५ जनाले सहभागिता जनाएका थिए । सहभागीमध्ये ८ जना छनौटमा परेका छन् । छनौट हुनेमा कृष्ण राई, डिल्लीराज राई, देवन सुप्तिहाङ राई, दिनेश राई, रुपेश राई, दुर्गाराम राई, शुक्र बहादुर राई र सुजता राई रहेकी छन् । 

हालसम्म जिल्लाभरीको रेर्कड अनुसार सयौंले सहभागिताका लागि आवेदन दिएका छन् । सहभागिताका लागि ५५५ नगदका साथमा एकप्रती फोटोसहित फर्म भर्नुपर्ने कार्यक्रम संयोजक जिबन कुमार राईले जानकारी दिनुभयो ।

यसअघि साकेला गाउँपालिकाको रतन्छा, दिपु्रङ गाउँपालिकाको पञ्चमीबजार, खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा अडिसन सम्पन्न भईसकेको आयोजकले जनाएको छ । जिल्लाको हकमा ठूलो धनराशी भएको रियालिटी शोका वजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्राले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकल एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई