2026-09-19 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा स्वास्थ्य बिमाको पुर्ब तयारी अन्तिम चरणमा

चिसाङ शेर्पा/पुस १, खोटाङ । खोटाङमा स्वास्थ्य बिमा कार्यक्रमको पुर्ब तयारी अन्तिम चरणमा पुगेको छ । 

नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा बिकास समितिको सहयोगमा जिल्लामा सञ्चालन हुन लागेको स्वास्थ्य बिमाको समिति गठन र अभिमुखीकरण कार्यक्रम शनिबार अन्तिम अवस्थामा पुगेको हो ।

२ नगरपालिका ८ गाउँपालिका रहेको खोटाङमा स्थानिय तह प्रमुखको संयोजकत्व र उपप्रमुखलाई आमन्त्रित सदस्य राखेर दुई नगरपालिका ६ गाउँपालिकामा समिति गठन गरिसकेको जनस्वास्थ्य निरिक्षक हिमलाल ज्ञवालीले बताउनुभयो । प्रत्येक नगर तथा पालिकामा ७ सदस्य ‘स्थानिय तह स्वास्थ्य सुरक्षा संयोजन समिति’ गठन भईसकेको छ । 

जनस्वास्थ्य निरिक्षक ज्ञवालीका अनुसार शनिबारसम्म हलेसी तुवाचुङ नगरपालिका, लामिडाडाँ गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिपु्रङ गाउँपालिका, साकेला गाउँपालिका, खोटेहाङ गाउँपालिका र रुपाकोट मझुवागढी नगरपालिकामा समिति गठन गर्दै स्वास्थ्यकर्मीहरुलाई कार्यक्रम सम्बन्धि अभिमुखीकरण दिएको छ । 

गएको मंसिर १६ गतेबाट स्वास्थ्य बिमाको काम थालेको टोलीले बाँकी दुई पालिका जन्तेढुंगा गाउँपालिका र बराहापोखरी गाउँपालिकामा पुस ४ र ५ गते सबै प्रक्रिया  सक्ने जनाएको छ । अघिल्लो दिन सरोकारवाला र दोश्रो दिन पालिकाभित्रका स्वास्थ्यकर्मीसँग अभिमुखीकरण हुनेछ । 

जिल्लाका स्थानीयवासीले वार्षिक रुपमा दुई हजार ५ सय तिरेर एकाघरको बढीमा पाँच जनाको स्वास्थ्य बीमा गर्न सक्नेछन् । बिमा गराएका परिवारले बढीमा ५० हजार बराबरको स्वास्थ्य उपचार पाउने जनाइएको छ । 

जनस्वास्थ्य सहायक अधिकृत श्रीकृष्ण प्रजापतीका अनुसार जिल्लामा वडा स्तरिय सरकोकारवाला कार्यक्रम अगामी ७ गतेभित्र सकिनेछ । त्यसपछी स्थानिय स्वास्थ्यकर्मीले वडा गाउँ तहमा अभिमुखीकरण दिनेछन् । 

उनले भने, “हामीले पुस ११ गतेभित्र दर्ता सहयोगी छनौट गरिदिन वडाध्यक्षहरुलाई अनुरोध गरेका छौ । दर्ता सहयोगी छनौट लगत्तै स्वास्थ्यकर्मीलाई तीन दिने तालिम हुनेछ त्यसपछी स्वास्थ्य बिमा सदस्यताले लिने काम शुरु हुन्छ ।”  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई