2026-09-19 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अनाथालय सञ्चालनमा खोटाङका युवा (फोटो सहित)

चिसाङ शेर्पा | पौष ४, खोटाङ | खोटाङको खोटेहाङ गाउँपालिका वाप्लुखा दुईका २२ वर्षिय युवा ठिटो ईन्द्रहाङ राई खोटाङे युवामाझमा फरक शैलीका युवा हुन् । मुलतः पेशाले विधार्थी नेता कर्मले अनाथालय सञ्चालक हुन् । अध्ययनका हिसाबले उहाँ आरआर कलेजमा बिए दोश्रो बर्षमा अध्ययनरत छन् ।

शुरुमा गाउँमै निमावि स्तरको पढाई पुरा गरेर २०६८ सालमा उदयपुर बेल्टारस्थित ज्योती उच्च माविवाट १६ बर्षको उमेरमा एसएलसी उतिर्ण गरेका राईले ब्रिलियण्ट कलेज काठमाण्डौबाट प्रबिणतापत्र पास गरेका हुन् । एमाले निकट अनेरास्ववियु केन्द्रिय सदस्य तथा उदयपुर ईन्चार्ज पद सम्हालिरहेका ईन्द्रले राजनीति यात्रासँगै राजधानी काठमाण्डौ मनमैजुमा एकीकृत सिर्जनशिल समाज अनाथालय सञ्चालन गरिरहेका छन् । 

एकीकृत सिर्जनशिल समाज अनाथालयका सचिव उनले प्रहरीसँग राजनीतिक झडपदेखी लाठी चार्जसम्म खाएका अनुभव छ । राजनीतिक यात्रामा निरन्तर अगाडी बढीरहेका राईले २०७१ सालबाट अरुले छोडेको अनाथालय जिम्मा लिएर चलाउन थालेका हुन् । बाल्यवस्थाबाट समाजसेवामा रुचि भएका उनले आफ्नो सपना पुरा भएको बताए । बिधार्थी जिबनमा यही सपनाको ड्राफ्ट कोरेको कुरा बास्तविकतामा निर्बाह गर्न पाएको छु । उनले भने, “अब यसलाई मजबुत र बृहत बनाएर लैजाने जिम्मेवारी लिएको छु । यसका लागि हामीलाई सबैको सहयोगको खाँचो छ ।”

९ सदस्य सञ्चालक समितिद्धारा सञ्चालित अनाथालयमा जयप्रकास बुढामगर अध्यक्ष रहेका छन् । हाल अनाथालयमा ३९ जना बालबालिका बसिरहेका छन् । सहयोगीदाता, शुभेच्छुक, दातृ निकाय, संघसंस्थाको स्वेछिक सहयोगमा उनीहरुको भविष्य शुनिश्चित हुंदै गईरहेको छ । अपबादमा कुनै सहयोगीदाता नहुंदा समेत मजबुत रहेको अनाथालयमा पुर्बी रुकुमदेखी सुदुर कर्णालीसम्मका बिचल्ली बनेका बालबच्चा रहेका छन् । रुकुम, रोल्पाका द्धन्द पिडित, सिन्धुपाल्चोकका जुरे पहिरो, सुनकोशी थुनिदा बिस्थापित र सिराह, म्याग्दीका भुकम्प पिडित बालवालिका छन् । 

बालबालिकालाई लालनपोषणमा कुनै कमि हुन नदिन हर कसरत गरिरहेका राई विधार्थी राजनीतिसंगै अनाथालयलाई माथी लैजाने जोरजममा छन् । अनाथालयका सानाठुला बालवच्चा मनमैजुमै शुभकामना बोर्डिङमा ४० प्रतिशत छुटमा अध्ययन गरिरहेका छन् । मनमैजुमा रहेको अनाथालयको रेखदेख गर्न भ्याईरहेका राई अहिले नीजि लगानीबाट जन्मस्थान खोटाङ वाप्लुखामा बाख्रापालन पेशा शुरु गरेका छन् । ५० वटा खशीबाख्रा पालन गरिरहेका उनी निकट भविष्यमा नै बालग्रह स्थापनाकोे सोचमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई