बजारभित्रका पुरानाभन्दा पुराना फो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बजारभित्रका पुरानाभन्दा पुराना फो"/>

2026-09-19 06:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा बृहत सरसफाई सप्ताह शुरु (फोटोफिचर)

चिसाङ शेर्पा/पुस ५, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल बजारमा बृहत सरसफाई सप्ताह अभियान शुरु भएको छ । 

बजारभित्रका पुरानाभन्दा पुराना फोहोर हटाउनका लागि ऐतिहासिक नगर सफाई अभियानको उद्घाटन भएको हो । “स्वच्छ, सफा र संमृद्ध  नगर सम्पुर्ण रुपाकोट मझुवागढीवासीको रहर” भन्ने मुल नाराका साथमा दिक्तेल रत्नपार्कको घर, पसल, होटल र सार्वजनिक स्थानमा फ्याकिएका फोहोर उठाउदै सरसफाई सप्ताह बुधबार बिहानदेखी शुरु भएको छ । 

रत्नपार्कस्थित स्थानियवासीहरुले जम्मा गरेका फोहोरका बोरालाई ट्याक्टरमा लगाउदै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्यद्धय राजन राई र राम कुमार राईले सरसफाई सप्ताहको उद्घाटन गरेका हुन । 

रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सदरमुकाम दिक्तेल बजारकोे रत्नपार्कबाट शुरु भएको सरसफाई सप्ताहमा नगरपालिका, सामुदायिक सेवा केन्द्रका प्रहरी, हलेसी गुल्मका शसस्त्र प्रहरी, शेरगण मुढे ब्यारेकका नेपाली सेना, म्यादी प्रहरी, सरस्वती उच्च मावि दिक्तेलका ७ सय विधार्थी, उधोग बाणिज्यसंघ, यातायात व्यवसायी, नगरवासी, कर्मचारीले बजारका फोहोर उठाउँदै रत्नपार्क–हाटडाडाँसम्म ¥याली निकालेको थियो ।

यसभन्दा अगाडी कन्ट्रयाक्टर कालिका फोहोरमैला व्यवस्थापन तथा प्रशोधन प्रालीले बजारवासीलाई सदस्य बनाए घर, पसल, होटलबाट निस्कने मात्र फोहोर उठाउदै आएको थियो । 

नगरपालिकासँग सम्झौता गरेर बुधबारदेखी पुनः कालिकाले पुराना फोहोर उठाउन थालेको रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले बताउनुभयो । नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने योजना साथमा हप्तादिनमा पुराना फोहोरमैला उठाईसकिने छ । 

रिजालले भने, फोहोरमैलालाई नगरपालिकाको वडा नं. ५ स्थित लफ्याङमा रहेको ल्याण्डफिल्ड साईडमा व्यवस्थापन गरिएको छ । हप्तादिनसम्म चारवटा ट्याक्टरले दिक्तेल बजारको फोहोर उठाउने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई