२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पहिला विकास र संमृद्धी अनि मिडिया, कांग्रेस युवा नेता रबि प्रकास राई

२०७४, ५ पुष बुधबार १३:०१

चिसाङ शेर्पा | पुस ५, खोटाङ | नेपाली कांग्रेस खोटाङमा युवा नेता रबि प्रकाश राई भन्ने बितिक्कै शुसासनका पक्षधर, प्रतिपादक भनेर धेरैले चिन्ने गर्छन्, राई स्वयंम यस कुरा स्वीकार्छन् । जिल्लाको साकेला गाउँपालिका १ साविक ८ डाडाँगाउ बाझेच्यानडाडाँका युवा नेता राई देश विदेश बुझेका कांग्रेस क्षेत्र नम्बर २ का महासमिति सदस्य हुन् । पहिला विकास र संमृद्धी अनि मिडियामा आउन चाहाने युवा नेता राई खोटाङ कांग्रेसका युवा नेता मात्रै नभएर एक जिवनका बेलायती भुतपुर्व गोर्खा सैनिक समेत हुन् ।

मिडियामा उमेर सार्वजनिक गर्न नचाहाने राईले रुपाकोट मझुवागढी नगरपालिका लफ्याङ पाँचमा दिदीको घर बसेर बरडाडाँ आधारभुत बिद्धालयमा कक्षा ३, सोही वडाको बाँसवोटे माविमा चार र पाँच, साकेला मावि रतन्छा ६, ७ र दिक्तेलको सरस्वती उच्च माविबाट प्रबेशिका परिक्षा पास गरेका हुन् । बिद्धालय जिबनबाट नै राजनीति शुरु गरेका उनी एसएलसी उतिर्ण गरेर राजधानीस्थित नेपाल ल क्याम्पसमा अध्ययन गर्न काठमाण्डौ पुगे ।

रबिले बिधार्थी राजनीति, कानुन विषयको पढाईलाई चट्टै छोडेर २०५० सालमा ब्रिटिस आर्मी गोर्खा सैनिकको जागिर खान शुरु गरे । राई परिवारमा जन्मिएका उनले बेलायतमा जागिरमात्रै खाएनन् । नेपालमा गरिरहेको राजनीति छोड्नु परेको पिडाले उनलाई बेलायतमा आर्मीको जागिर खाईरहंदा मनमा हुटहुटी हुन्थ्यो, उकुसमुकस हुन्थ्यो ।  

बेलायतमा आर्मीको जागिर खाँदा उनी माथिल्लो दर्जामा पुग्न सकेनन् । बुद्धि र विबेक नभएर हैन उनी न्यायका पक्षपाती थिए । थिचोमिचो सहदैन थिए, त्यही कारण १६ बर्ष आर्मीको साधारण दर्जामै चित्त बुझाए । नेपालमा राजनीति गरेकाले उनी अन्याय भएको मन पराउदैन थिए । सहकर्मीहरुको समस्यालाई लिएर सधै जुझारु स्वभाव देखाउँथे । त्यही कारण उनी सधै आर्मीको जागिरमा ओझेलमा परिरहे । अरुको देशमा बन्दुकको सिरानी र जिवन मृत्युको दोसाधमा राजनीतिको तिर्खा सहंदै गए । 

आफ्नो नामको अर्थ ‘सुर्य’ भएको बताउनु हुने रबिले २०६८ सालमा ब्रिटिस आर्मीको जागिर खादै गर्दा महासमिति सदस्य बनेर नेपाली कांग्रेसको १२ औ महाधिबेशनमा भाग लिन काठमाण्डौ ओर्लिए । यता आर्मीको जागिर, उता राजनीति एक किसिमले उनी अलमलमा थिए । 

गोर्खालीको २ सय बर्षको ईतिहासमा बर्दीभित्रैबाट महासमिति सदस्य बन्ने राई पहिलो नेपाली नागरिक हुन् । राजनीतिको मोहले उनले सन् २०१२ बाट सधैका लागि बेलायती आर्मीको जागिर छोडे । राष्ट्रियता, नेपाली नागरिकता र जन्मभुमिको अर्थ बुझ्दै त्यो प्रतीको दायित्व पुरा गर्नका निम्ती आर्मीको जागिरबाट अवकास लिदै परिवारलाई प्रवासमै छोडेर हिम्मतका साथ स्वदेश फर्किएका राईले आफ्नो जिबन राजनीतिमा खर्चिन थाले ।   

पार्टीभित्र संर्घष र ईमान्दारिताका कदर गर्दै देशभित्रका पुरानो ऐतिहासिक पार्टी नेपाली कांग्रेसले २०७० सालमा समानुपातिकको टिकट दिए । यद्यपी, उनी सभासद बन्नवाट असफल भए । नेपाली कांग्रेस खोटाङ जिल्लाको छैठौ जिल्ला अबिधेशनबाट निर्वाचित महासमिती सदस्य युवा नेता राईले काम नगर्ने मिडियामात्रै धाउने नेताहरुको आदतलाई ईगित गर्दैै त्यस्ता नेता जनताका सेवक नभएर शासक हुन खोजेको बताउनुभयो ।

सत्तालिप्सा नेताका कारण सिङगो राजनीति फोहोर, दुर्घन्धित बनेको कुसंस्कारलाई ढाल्न आफु राजनीतिमा अहोरात्र खटिरहेको राईले बताए । जिल्लामा २०६७ सालबाट सक्रिय राजनीति गरिरहेका कांग्रेसका युवा नेता राईले आफुलाई नेता सम्झदैनन्, जनताका सेवक मान्छन् ।  उनी भन्छन्, ‘सैद्धान्तिक कुराभन्दा ब्यावहारिक कुरा गरेर जनताको मन जित्न सक्ने असल मान्छे नै सच्चा नेता हो । लोकतन्त्रमा नेता शासक हुन्न केवल जनताका सेवक हुँ भन्ने कुरा सबैले बुझ्न जरुरी छ । नेताले अझै पनि शासककै रुपमा कामकाज गरिरहेकाले देशले काँचुली फेर्न नसकेको राईले बताए । 

भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस चुनावी मतमा पछि परे पनि विचार र दृष्टिकोणले जितेको बताए । मुलुकमा सबै तहका निर्वाचन कांग्रेसले सम्पन्न गराएर संविधान जारी मात्र गरेन, कार्यान्वयन पनि गराएको कुरालाई प्रष्ट पार्दै कांग्रेसले लोकतन्त्रको संस्थागत गरेको जिकिर गर्नुभयो । आगामी दिनमा कांग्रेसका हरेक नेताले पहिला आफुलाई नै सुद्धीकरण र सुदृढिकरण गरी भावनात्मक एकताको हिसाबले अघि बढे पार्टी स्वयंम मजबुत हुने र कांग्रेस मजबुत हुंदामात्रै मुलुक अस्थिरतादेखी स्थिरता उन्मुख हुने ठोकुवा गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक