२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

हात्तीपीडित मैसरा भन्छिन्- ‘कसैले मेरो समस्या बुझ्दैन’

६ पुष २०७४, बिहीबार ०३:३२

पुस ५, कञ्चनपुर । जंगली हात्तीको झुण्डले घर भत्काएको चार महिना बिते पनि कञ्चनपुरको महाकाली नगरपालिका–३ बडुवाल टोलका ७५ वर्षीय ज्येष्ठ नागरिक मैसरा बुढा आफन्तको शरणमा बस्दै आएकी छिन् । 

आर्थिक अभाव र ढल्दो उमेरका कारण अशक्त भएकैले उनले घर निर्माण गर्न नसक्दा आफन्तको शरणमा बस्दै आएकी हुन् । गत भदौ २३ गते राति हात्तीको बथानले बुढाको घर भत्काएको थियो । त्यसपछि उनी नातिनी नाता पर्ने लक्ष्मी खत्रीको घरमा शरण लिएर बस्दै आएकी हुन् । 

हात्तीले उनले घरभित्र भण्डारण गरेर राखेको अन्न, ओढ्ने बिछ्याउने, लगाउने लुगाफाटो र खाना पकाउन प्रयोग हुने भाँडाकँुडा सबै नष्ट गरिदिए पछि उनले बाध्य भएर आफन्तको शरणमा बस्नु परेको बताइन् । 

आर्थिक अभाव र उमेरका कारण ओतलाग्ने नयाँ घर निर्माण गर्ने क्षमता छैन, उनले दुखेसो पोख्दै भनिन,् “अन्न र लुगाफाटोको समेत व्यवस्था नहँुदा आफन्तले दिएको दुई छाकको खाना र लुगाफाटोमै गुजारा चलाउन विवश भएकी छु ।” 

ओत लाग्ने टहरा बनाउन पैसा नभएका कारण आफन्तको घरमा रात बिताउँदै आएको मैसराले बताइन् । हात्तीले घर भत्काइ दिएपछि नातिनीको घरमा बास बस्दै आएकी छु, मैसराले भनिन्, “कसैले सहयोग गर्लान् भनेको कसैले सहयोग गरेनन् ।” उनका श्रीमान्को जंगली हात्तीको झुण्डले विसं २०७२ मा ज्यान लिएको थियो । 

“खेतमा बाली हुर्कन थालेपछि हात्तीकै त्रासमा रात बित्छ, आफन्तको घरमा सुत्दा पनि कति बेला हो, राति हात्ती आएर मार्ला भन्ने डर छ,” मैसराले भनिन् । 

आफन्तको शरणमा बस्दै आएका मैसरालाई कोही दाता आएर सहयोग गर्ला र घर बनाउँला भन्ने आशा भने जीवित रहेको छ । 

हात्तीले बेघर बनाएका बुढालाई घर बनाउन सबै थोक किन्नुपर्ने भएको छ । शरीरमा लाउने एकसरो लुगाबाहेक सबै थोक हात्तीले नष्ट गरेपछि ज्येष्ठ नागरिक मैसरालाई आगामी दिनमा कसरी गुजारा चलाउने भन्ने निकै ठूलै पिरलो छ । 

सबै आउँछन् आश्वासन दिएर मात्रै जान्छन् उनले भनिन्, “कसैले मेरो समस्या बुझ्दैन ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या