२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार भुसालको निधन रहस्यमय

२०७४, ६ पुष बिहीबार ०९:५४

पुस ६, काठमाडौँ । पत्रकार तीर्थराज भुसालको निधनको घटना रहस्यमय देखिएको भन्दै छानबिनका लागि माग गरिने भएको छ । 

शिक्षा पत्रकार समूहका कार्यसमिति सदस्य एवं नवलपुर एफएमका प्रबन्ध निर्देशक भुसालको गत मंसिर १४ गते नवलपुरको दाउन्नेमा मोटरसाइकल दुर्घटनामा परेपछि उपचारका क्रममा ललितपुरको मेडिसिटीमा मंसिर २३ गते निधन भएको थियो । 


भुसालको १३औँ दिनको स्मृतिमा आज आयोजित शोकसभामा समूहका केन्द्रीय अध्यक्ष दीपक दाहालले आफ्नो टोलीसँग भुसालको परिवारले घटना रहस्यमय देखिएकाले निष्पक्ष छानबिनमा सघाउन आग्रह गरेकाले त्यसका लागि संस्थामार्फत थप पहल हुने बताउनुभयो । 

भुसालले चलाएको मोटरसाइकलमा कुनै क्षति नभएको, पछाडि बस्ने व्यक्तिलाई पनि केही नभएको तथा कुन गाडीले ठक्कर दिएको भन्ने समेत हालसम्म किटान नभएको पाइएको छ । घटनाबारे प्रहरीले छानबिन गरिरहेको जनाइएको छ । 

अध्यक्ष दाहालले भुसालको स्मृतिमा समूहले शिक्षा पत्रकारिता पुरस्कार स्थापना गर्ने पनि बताउनुभयो । 

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनका संस्थापक प्रिन्सिपल डा मञ्जु मिश्रले भुसाल आफ्नो असल र मेहनती विद्यार्थी भएको स्मरण गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक