२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

बाङ्गेशालमा २ दिने निशुल्क आँखा शिविर सम्पन्न(फोटो सहित)

२०७२, २ पुष बिहीबार १४:०३

सलिम अन्सारी, पुस २, प्युठान । ‘स्वच्छ आँखा,स्वच्छ संसार’ भन्ने मुल अबधारणाका साथ प्युठानको बाङ्गेशालमा सन्चालन गरिएको दुई दिने निशुल्क आँखा शिविर बिहिवार सम्पन्न भएको छ ।

जनमुखी सामुदायिक बिकास केन्द्र बाङ्गेशाल, बाङ्गेशाल स्वास्थय चौकि र गाउँ बिकास समितीको स्थानिय आयोजना तथा लमही आँखा अस्पताल लमही दाङ्को प्राबिधिक सहयोगमा मोतियाबिन्दुको अप्रेशन सहितको निशुल्क आँखा जाँच शिविर सन्चालन गरिएको हो।
pyuthan 1
पौष १ र २ गते बाङ्गेशाल स्वास्थय चौकीमा सन्चालन गरिएको उक्त शिविरमा ५ सय ५० जनाले आँखा जांच गराएको र त्यस मध्यय ५५ जनाको मोतियाबिन्दुको निशुल्क शल्क्रीया गरिएको उपचारमा संलग्न डाक्टर जेनु सैजुले जानकारी दिइन। उनका अनुसार आँखा जाँचका क्रममा जलबिन्दु,डेढो आँखा भएका चस्मा लगाउनुपर्ने बिरामिलाइ उपचार गरिएको थियो। शिविरमा दुबै आँखा नदेख्ने एक आठ बर्षिय बालकको पनि मोतियाबिन्दु भेटिएको र एक ८८ बर्षिय बृद्धको मोतियाबिन्दुको शल्क्रीया गरिएको थियो।

जिल्लाको ग्रामिण भेगमा सन्चालित शिविरबाट जिल्लाबाशीका साथै छिमेकी जिल्ला अर्घाखाँचिको पश्चिमी भेगका गाबिस सिद्धारा जलुके र दाङ्को लालमटिया हांसिपुर,रोल्पा जिल्लाका स्थानियहरुले आँखा जाँच गराएका थिए। आँखाका बिरामिहरुलाइ निशुल्क औषधि समेत बितरण गरिएको जनाइएको छ।
pyuthan 2
शिविरमा निशुल्क आँखा जांचका साथै आँखा सम्बन्धी सुझाव पाएको भन्दै समाजसेवी टँक सुनारले सहभागी टोलिलाइ धन्याबाद दिदै आगामी दिनमा पनि गाउँलेको स्वास्थय हेर्ने शिविर ल्याउन आग्रह गरे।जनमुखी सामुदायिक बिकास केन्द्रका अध्यक्ष प्रकाश आचार्यले यस अघि पनि पटक पटक यस्ता शिविर आयोजना गरेको भन्दै आगामी समयमा पनि संस्थाले यश भेगमा सामाजिक उत्तरदायित्व सम्बन्धी जनहितमा आधारित विभिन्न कार्यक्रम गर्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला