2026-09-19 06:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा सबैभन्दा बढी महिला र बालिकाको अधिकार हनन् भएको खुलासा

चिसाङ शेर्पा/पुस ७, खोटाङ । खोटाङमा महिला तथा बालिका अधिकार हनन् सम्बन्धी ४५ वटा घटना भएको पाईएको छ । 

नेपाल मानब अधिकार बर्ष पुस्तक सन् २०१८ का लागि ईन्सेकद्वारा संकलित घटनाहरुको बार्षिक पूर्ब समीक्षा गर्दा जिल्लामा महिलाअधिकार हनन्का ३३ र बाल अधिकार हनन्का १३ घटना भएको पाईएको हो । 

शुक्रबार सदरमुकाम दिक्तेलस्थित सगरमाथा होटलमा ईन्सेक खोटाङले आयोजना गरेको कार्यक्रममा एक जनामा बलात्कार ,एक जनामा बलत्कार पछि बेचविखन, दुई बलात्कारको प्रयास, ८ बहुविवाह, १० घरेलु हिंसा तथा ११ वटा अन्य प्रकारले महिलामाथि दुब्र्यवहार भएको जनाईएको छ ।

सन् २०१७ जनवरीदेखि डिसेम्वर १५ भरीका जिल्लामा सङ्कलन गरिएका मानवअधिकार र ज्यादतीका ६९ वटा घटनामध्ये बालअधिकार हनन्का १३ वटा घटना रहेका छन् । सो मध्ये १२ जना बालिका र एक शिशु पीडित बनेको ईन्सेकको तथ्याङकमा उल्लेख छ । बालअधिकार हनन्मा आठ बालिका बलत्कार तथा ४ बालिकामाथि यौनजन्य दुव्र्यवहार रहेका छन् । एक जना शिशु हत्याको घटना भएको समेत उल्लेख गरिएको छ । 

घटनाहरुको प्रकाशन पूर्व सरोकारवाला निकायबीच गरिएको समीक्षा कार्यक्रममा जिल्लामा नौ जनाको हत्या भएको बताईएको छ । यसबीचमा बम बिष्फोटबाट एक जना घाईंते बनेको तथा कुटपिटबाट ८ जना घाईंते बनेको ईन्सेक जिल्ला प्रतिनिधि सुनिता मगरले बताउनुभयो । 

सम्पत्तिमाथिको अधिकार अन्तरगत यस एक वर्षको अवधिमा पाँचवटा घटनामा चारजना पीडित हुन पुगेका छन् । जसमा सार्वजनिक भवनमा आगजनी र ४ व्यक्तिको सम्पत्ति कब्जा गरेको भनी आतंकित बनाईएको पाईएको छ । 

प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी लगायत सरोकारवालाहरुको सहभागिता रहेको समीक्षा कार्यक्रमका बक्ताहरुले नागरिकका मौलिक अधिकार हनन् भएको खण्डमा खुलेर विरोध गरेमा लोकतन्त्रको पुर्नवहाली हुने बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई