२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पाटो नमिल्दा थारु राष्ट्रिय माघि महोत्सव यो वर्ष पनि दुई स्थानमा हुने

९ पुष २०७४, आईतवार ०५:१३

भास्कर के.सी | पुस ९, कञ्चनपुर | काठमाडौं उपत्यकामा बसोबास गर्ने थारुसमुदाय लगायत आदिवासी जनजाति संघ संस्थाले माघ १ गते हुने थारु राष्ट्रिय माघि महोत्सबको तयारीमा जुटेका छन् । 

संयोजक, आर्थिक र जिम्मेवारी बाँडफाँड लगाएतका पाटो नमिल्दा विगत २ बर्ष देखि उपत्यकामा दुई ठाँउमा हुँदै आइरहेको थारु राष्ट्रिय माघि महोत्सब यो बर्ष पनि दुई ठाँउमा हुने भएको छ । थारु कल्याणकारिणी सभा उपत्यका समितिको मुल संयोजनमा बसेको बैठकले पौष ४ गते डम्मर प्रसाद चौधरीको संयोजकत्वमा महोत्सब समिति गठन गरे पछि, थारु विद्यार्थी समाजका केन्द्रिय अध्यक्षको अध्यक्षतामा बसेको बैठकले शनिबार पौष ८ गते ३२ वटा आदिवासी जनजाति संस्था आवद्व १०१ सदस्य सहितको थारु राष्ट्रिय माघि महोत्सब समिति गठन गरेको छ ।

 बैठकले चम्पन साँस्कृतिक समुहका अध्यक्ष नन्दु राज चौधरीलाई थारु राष्ट्रिय माघि महोत्सबको संयोजकमा चयन गरेको छ । १४ उपसमिति संयोजक सहित १०१ सदस्य रहेको थारु राष्ट्रिय माघि महोत्सबको उपसमितिमा प्रचार प्रसार, अर्थ ब्यवस्थापन एवं परिचालन, मंच ब्यवस्थापन, साउण्ड सिस्टम ब्यवस्थापन, फुड स्टल ब्यवस्थापन, सांस्कृतिक, झाँकी र्याली, स्वयम् सेवक परिचालन, अतिथि सत्कार, औषधी उपचार, सल्लाहकार, अनुगमन तथा मुल्याङ्कन, रक्तदान व्यवस्थापन र जिता व्यवस्थापनको जिम्मेबारी बाँडफाँड गरेको छ । 

महोत्सव एक ठाउँमा हुँदा हुने उल्लासमय वातावरण दुई ठाउँमा महोत्सव हुँदा नहुनेगरेको बुझाई दर्शकरुको छ । बैठकमा थारु विद्यार्थी समाजका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद चौधरीले भने “माघी महोत्सवलाई यस वर्ष एकै ठाउँमा गर्ने प्रयास जारी रहेको बेला थारु कल्याणकारिणी सभाले गैर जिम्मेबारी पुर्वक एकलौटी रुपमा आयोजक समिति सार्वजनिक गरेकोले थारु माघि महोत्सब फेरी पनि दुई ठाँउमा हुने निश्चित नै भयो” थारु कल्याणकारिणी सभा केन्द्रले आयोज समितिको संयोजन गर्नु पर्ने, हिसाब पार्दर्सी बनाउनु पर्ने, र समान जिम्मेवारी लाई आत्मसाथ गर्दै सम्पुर्ण संघ संस्थालाई मिलाएर लानु पर्ने भन्दै थारु विद्यार्थी समाज, वर्दियाली थारु विकास मञ्च लगाएतका विभिन्न थारु संघ संस्थाले माग राख्दै आइरहेका छन् । यस वर्ष पनि सोही विषयमा विवाद रहेको दुवै पक्षको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो