2026-09-19 07:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सफल बन्ला त नगर सफाई अभियान ?

चिसाङ शेर्पा | पुस ९, खोटाङ | रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरिरहेकोे नगर सरसफाई सप्ताह आईतबार पाँच दिन पुरा भएको छ । नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने योजनाका साथमा सञ्चालन भईरहेको अभियानबाट दिक्तेल बजारभित्र रहेका होटल, पसल, घर, संघसंस्था  सरकारी कार्यालयबाट उत्पादित पुराना फोहोरमैला करीब, करीब सकिएको छ ।

नगरपालिकाले फोहोर उठाउन प्रयोग गरेको ४ वटा ट्याक्टर बजारमा अहिले पातलो मात्रामा गुडेको भेटिन्छ । यसर्थ, होटल, पसल, घर तथा कार्यालयबाट निस्कने पुराना फोहोर मात्रै सकिएको अनुमान गर्न सकिन्छ । गत बुधबारदेखी शुरु भएको सफाई अभियानले नगरपालिकाभित्र रहेका पुरानाभन्दा पुराना फोहोरलाई उठाएको हो । अभियान सकिन दुई दिन बाँकी रहंदा बजार तथा मुख्य सडकका आसपासहरुमा फोहोरको डंगुर अझै पनि जस्ताको त्यस्तै छ । 

दिक्तेल बजारमा माईकिङ गरेरै नगरवासीलाई सचेत गराएको नगरपालिका नगरलाई सफा राख्न कसरतमा जुटेका छन् । हाँटडाडाँ टोल पुर्वाधार बिकास तथा ब्यापार प्रर्बद्धन समितिले अभियान शुरुवातकै दिनबाट पुरानोबैंकचोक–हटियाँ लाग्ने स्थानसम्म घर अगाडी, पछाडीको फोहोर उठाएर आईतबार दिउँसोबाट हाँटडाडाँ प्रहरीचौकी–शिद्धेश्वर गुफासम्म सरसफाई गरिरहेको हाँटडाडाँ टोल पुर्वाधार बिकास तथा ब्यापार प्रर्बद्धन समितिका अध्यक्ष किशन कुमार राईले बताए । नगरपालिकाभित्रकै अन्य वडाहरुले पनि सफाई अभियानमा सघाएका देखिन्छन् । लफ्याङ, नुनथला, पाथेका, बुईपा, नेर्पा, सोल्मा लगायतका वडाध्यक्ष, स्वास्थ्यकर्मी लागेर टोल सफाई गरिरहेका छन् । 

यद्यपी, नगरपालिकाको मुख्य बजार दिक्तेलबजारको बेसक्याम्पदेखी रत्नपार्कका केही स्थानमा फोहोरको डंगुर जस्ताको त्यस्तै रहेको छ । जिल्ला बन कार्यालय नजिक अन्दाजी ४ ट्याक्टर, बिधुत कार्यालय अगाडीका साना होटलका आसपास बोराका बोरा फोहोर रहेका छन् । जिल्ला पशु कार्यालयमाथीका ढल, वाटो, रत्नपार्क–रमितेढुंगा–अल्छेढुंगाका सडकको तलमाथी फोहोर उस्तै छ ।

यस्तै, जिल्ला बन कार्यालय र सिंचाई कार्यालयका अगाडी सडकको दायाँ साईडमा फोहोरको खानी नै भेटिन्छ । बजारकै अर्को जयपुरेडाडाँमा फोहोरको रास रहेको छ । एकबेला स्थानियले ल्याण्डफिल्ड साईड बनाएको उक्त डाडाँमा हिड्न समेत नाक छोप्नुपर्ने अवस्था छ । बेलाबेलामा हेलिकोप्टर समेत ल्याण्ड हुने जयपुरेडाडाँमा, सिसाका बोतल, कपडा, प्लाष्टिक, चामलका बोराजस्ता फोहोर बर्षौदेखी थुप्रिएर बसेका छन् । अस्पताल–अल्छेढुंगा सडकको दायाँबायाँमा अत्याधिक बोतलका फोहोर ज्युकात्यँु रहेको छ । हाटडाडाँका स्थानिय सरह त्रिबेणीचोकदेखी उभोका स्थानियले घर, होटल, पसल र कार्यालयका फोहोर जम्मा गर्न शिबाय अन्य केही नगरेको अनुमान गर्न सकिन्छ । कतीपय स्थानमा ढल तथा शौचालयका हज फुटेर बजार दुर्घन्धित बन्दा समेत मौन रहेको अनुमान गर्न सकिन्छ ।  

एकाध मानिसहरुले घर, होटल, पसल र कार्यालयले संकलनगरी ठिक्क पारेको फोहोर उठाएर मात्रै नगरसफा हुन्छ ? भनेर भन्ने गरेका छन् । बजारभित्र घरका ढल तथा चर्पीको हज फुटेर हिड्नसम्म गाह्रो भएको अवस्थामा सुधार गर्न निर्देशन दिनसम्म नगरपालिका हिचकिचाएको दिक्तेल बजारका सन्जय कुमार राईले बताए । त्यस्ता बिषयलाई गम्भिर रुपमा लिएर सानाठूला कुरालाई शिलसिलेवार काम गरे साँच्चीकै नगरसफा हुने जनाए ।  

बिशेष नगरसफाई सप्ताह सकिन दुई दिन बाँकी रहंदा र दर्जनौ ट्याक्टर फोहोर उस्तै रहंदा सफाई अभियान सफल होला भन्ने प्रश्नमा नगरप्रमुख दिपनारायण रिजालले ‘जयपुरेडाडाँ, बन कार्यालय अगाडीको फोहोरहरु टोल सुधार समितिहरुलार्ई उठाउन हामीले अनुरोध गरेका थियौ । तर, उहाँहरुले त्यो काम नगरेको सुनेको छु । पुनः सोमबार हामी सम्पुर्ण कर्मचारीसहित  बेशक्याम्पदेखीका बजारबासीलाई फोहोर उठाउँन अनुरोध गर्छौ । त्यति गर्दा पनि टोल सफाई नगरे नगरसफाई सप्ताहको बिरोधी भन्ने बुझ्छौ ।’

उनले भने, बेसक्याम्पको जयपुरेडाडाँ, बन कार्यालय, बिधुत कार्यालय र पशु कार्यालय आसपासका फोहोर संकलन गर्न ताकेता गर्छौ । नगरपालिकाले ट्याक्टर उपलब्ध गराउँछ फोहोर उठाउँन नगरवासी तथा टोल सुधार समिति लाग्नुपर्छ । नगरप्रमुख रिजालका, अनुसार सरसफाई सप्ताहको पाँचदिनमा १ सय ट्याक्टर बढी फोहोर उठाइएको बताए । टोलबासीको सक्रियता नभई बिशेष सरसफाई सप्ताहमा पुराना फोहोर उठाउन नसकिए पनि निरन्तरता दिन बताए । 

नगरवासीले अब आईतबार, मंगलबार र विहीबार आफ्नो घर, होटल, पसल, संघसंस्थाबाट उत्पादित फोहोर कालिका कन्ट्रक्सनको ट्याक्टरमा लगाउनुपर्नेछ । कालिकाले सबैलाई बोरा र सुईरो दिनेछ । पुनः प्रयोग हुने सुईरोमा र बोतलहरु बोरामा जम्मा गर्नुपर्नेछ । कुहिने फोहोर भने बेग्लै राख्नुपर्ने छ । कालिकाले पुनः प्रयोगमा ल्याउन सकिने बोतल भने प्रतिगोटा ७५ पैसाका दरले खरिद गर्नेछ । 

नगरवासीसँग सहकार्य गर्र्दै घर, पसल, होटल, संघसस्था र कार्यालयको फोहोरमैला उठाएर अन्य कुरालाई नगरपालिकाले प्राथमिकतामा नराखेको हो कि भन्ने प्रश्न आइरहंदा सार्वजनिक स्थानहरुमा फोहोर फाल्ने टोकरी, बाल्टिन राखेमात्र आधा फोहोर व्यवस्थितरुपमा संकलन गर्न सकिने विज्ञहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई