Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जनप्रतिनिधि बोलाएर रोल्पा र सल्यानको सिमाना छुट्याएपछि…

२०७४, ९ पुष आईतवार १४:४६

पुस ९, सल्यान । सल्यान छत्रेश्वरी गाउपालीकाले आफ्नो सिमाना छुट्याइएको छ । 

सिमानाको विषयले विवादमा मुछिएको सल्यानको छत्रेश्वरी गाउँपालीका १ र रोल्पाको सुकिदह गाउँपालीका ३ को बिचमा पर्ने चामीगाउँमा सल्यानले बोर्ड टाँगेर सिमाना छुट्याएको हो । 

जनताको माग अनुसार आफु सहितको टोली गएर बोर्ड टाँगेर सिमाना छुट्याएको छत्रेश्वरी गाउँपालीका १ का वडा सदस्य प्रकाश हमालले बताएका छन् । स्थानीयहरुले आफु सल्यानी नै भएको तर रोल्पाले दबाएर राखेको भन्ने गुनासो गरेपछि उनिहरुकै आग्रहमा सिमाना छुट्याउनको लागी आफुले वडा सदस्य सहितको टोली त्यहाँ पठाएको छत्रेश्वरी गाउँपालीका अध्यक्ष शन्तोष केसीले बताएका छन् । 


२०३५ साल अघिकोे राजपत्रमा मनिमारेको ढिक देखि चामीको खोला हुदै कुवापानी सम्मको पश्चिम भागमा पर्ने चामीगाउँ सल्यान भएको त्यहाँका स्थानीयहरुले बताएका छन् । २०३५ साल पछि चामीको खोलापारी रोल्पाका केहि राजनितीक दलहरुले आफुले राजनीति गर्न सजिलो हुन्छ भनेर आफ्नो भुभाग रोल्पातिर लगेको स्थानीयहरुले गाउँका ठुलाबडा नेताहरुलाई आरोप लगाएका छन् । 

अहिले सम्म रोल्पाबाट कुनै सेवा सुबिधा नपाएको र विकास निर्माणका कामहरुमा पनि सधै ठगीएको स्थानीय पुर्ण बहादुर वलीले दुखेसो गरेका छन् । जहिले पनि रोल्पा जिल्लाबाट आएको जुनसुकै बजेटमा ठुलाबडाले गोजी भरेर सहरतिर ठुलाठुला महल बनाउने तर आफुहरु सधै दबिएर बसेको अर्का स्थानीय लोक बहादुर डाँगीले दुख व्यक्त गरे । 

अहिलेसम्म आफ्नो गाउँमा सबै सल्यानले विकास गरेको र आफु सल्यानी भएको स्थानीय पंचाराम डाँगीले बताए । आफुरुले नै गाउँपालीका बाट जनप्रतिनिधी बोलाएर सिमानामा बार्ड टाँग्न लगाएको अर्का स्थानीय बुद्विजीबि तथा शिक्षक टोपबहादुर केसीले बताएका छन् ।  सल्यानले सिमाना छुट्याई बोर्ड टाँगेपछि आफुहरु खुसि भएको उनिहरुले बताएका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै