१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महेन्द्रनगर नगर विकास समितिको जग्गाको छानबिन गर्न समिति गठन

१० पुष २०७४, सोमबार ०३:३७

पुस १०, कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिको जग्गा कब्जा गरेर महेन्द्रनगर बजार क्षेत्रमा धमाधम संरचना निर्माण हुन थालेपछि समिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढाइएको छ । 

नेकपा(एमाले) का उपसचिव रणबहादुर महराको संयोजकत्वमा विभिन्न दल र सरकारी निकायका प्रतिनिधि सदस्य रहने गरी छानबिन उपसमिति गठन गरिएको छ । समितिमा नेकपा (माओवादी केन्द्र)का नेता गगनबहादुर सिंह, नेपाली काँग्रेसका टेक कठायत, महेन्द्रनगर नगर विकास समितिका सदस्य देवराज मिश्र, नापी र मालपोत कार्यालयका प्रतिनिधि सदस्य छन् । 

सहरी विकास तथा भवन निर्माण विभाग धनगढीका इञ्जिनियर समितिमा सदस्य सचिव छन् । समितिका सदस्य काँग्रेसका कठायतले यसअघि समितिको अवैध जग्गा कब्जा प्रकरणमा असन्तुष्टि जनाउँदै नगर विकास समितिको सदस्यबाट राजीनामा दिनुभएको थियो । 

समितिका उपसंयोजक महराले नगर विकास ऐनविपरीत कब्जा गरिएको जग्गा र त्यसमा निर्माणाधीन सबै संरचनाको छानबिन गरिने जानकारी दिनुभयो । “कानून मिचेर के–कस्ता कार्य भएका छन्, त्यसको छानबिन गर्छौं”– उहाँले भन्नुभयो । 

समितिलाई छानबिनका लागि एक महिनाको समय सीमा दिइएको छ । तोकिएको समयमा छानबिन पूरा गर्न समितिले कार्य अघि बढाएको संयोजक महराले बताउनुभयो । 

नगर विकास समितिका केही अध्यक्षसँग सम्झौता गरिएको कागज देखाउँदै समितिको जग्गा कब्जा गरी भौतिक संरचना निर्माण गरिएका छन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौका छोपेर सबैभन्दा बढी अवैध संरचना निर्माण गरिएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस