2026-09-19 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बाह्र वर्षीया बालिकाले ल्याएको बालुबाबाट चर्पी निर्माण

पुस ११, भद्रपुर । खाने मुखलाई जुंगाले छेक्दैन भन्ने उदाहरण पेश गरेकी छन् शिवसत्ताक्षी नगरपालिका वडा नं ५ निवासी अशिका राजवंशीले । 

उमेरले १२ वर्ष नकाटेकी शिवगञ्ज जनआदर्श माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत उनले हालै नदीबाट बालुवा ल्याएर आफ्नो घरमा शौचालय बनाएकी छिन् । घरको आर्थिक अवस्था निकै कमजोर, बुबा बिरामी र आमा बेरोजगार भएपनि अशिकाले हिम्मत गरेर बनाएको चर्पीले गाउँका मानिस पनि दंग परेका छन् । 

शिवसत्ताक्षी नगरपालिकामा खुल्ला दिसामुक्त अभियान थालनी भएपछि अशिकालाई चर्पी बनाउने चिन्ताले पिरोलेको थियो । चर्पी बनाउनका लागि उनी आफैँले नदीबाट बालुवा बोकेर ल्याएपछि अभियानकर्ताले खाल्डो खनी रिङ बनाउन लगाएर चर्पी बनाएका थिए । 

सुकुम्बासी अशिकाले गाउँमा चर्पी बनेको देखेर चर्पी बनाउने अठोट गरिन् र सधैँ खुल्ला ठाउँमा शौच गर्नुपर्ने बाध्यतालाई पनि सधैँका लागि बिदा दिइन् । 

“चर्पी बनाउनका लागि सम्झाउन आउने दाइ दिदीहरुलाई नै खाडल खन्न लगाएँ”, उनले भनिन्, “मैले खोलाबाट बालुवा बोकेर ल्याएँ, अभियानकर्ता दुर्गा र गणेश दाइले रिङ राख्ने खाडल बनाइदिनुभयो, समुदायको सहयोगमा गरेर चर्पी बन्यो ।” 

अशिकासहित अहिले पाँचगाछीका सबै घरमा चर्पी बनेको छ । चर्पीको प्रयोग अनिवार्य गराउन अभियानकर्ताले साँझ बिहान खुल्ला ठाउँमा दिसा हुने स्थानमा गस्ती गरिरहेका छन् । 

जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविकाले चर्पीमा मात्र दिसापिसाब गर्न र जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुन सुझाइरहेका छन् । समुदायका युवा र वडास्तरीय समितिका प्रतिनिधि खुल्ला दिसामुक्त घोषणाको तयारीमा लागेका छन् । 

“एक जुगमा एक पटक हुने खुल्ला दिसामुक्त घोषणालाई सभ्य र भव्य तरिकाले मनाउने तयारीमा वडाहरु लागेका छन्”, पाँचगाछीमा नै रहेर अभियान सहजीकरण गरिरहेको सगरमाथा सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक सोमनाथ आचार्यले बताउनुभयो । 

दुई हजार ४३२ घरधुरी रहेको पाँचगाछीमा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि एक हजार ४८७ घरधुरीमा सुरक्षित चर्पी थिए भने खुल्ला दिसामुक्त अभियानका क्रममा ९४५ घरमा सुरक्षित शौचालय निर्माण गर्नुपर्ने भए पनि बसाइँ सराइ र संयुक्त शौचालय प्रयोग गरेकाकारण ८१८ घरायसी शौचालय निर्माण गरी पाँचगाछीलाई खुल्ला दिसामुक्त अवस्थामा पु¥याएको वडा नं ४ का अध्यक्ष अधिकचन ताजपुरियाले जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई