२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एकबर्ष अघि वलात्कार, अहिले हत्या, हत्यापछी मन्दिरमा झुन्ड्याईयो !

२०७४, ११ पुष मंगलवार ०७:३४

प्रेम सुनार | पुस ११, गुल्मी । अर्घाखाँचीमा एक वर्ष अघि वलात्कृत भएकी एक दलित युवती शनिवार रहश्यमय रुपमा मृत फेला परेकी छन् । भुमिका स्थान नगरपालिका वडा नम्वर ९, धनचौरकी १७ वर्षिया सुन्दरी नामले परिचित समिता नेपाली सोही नगरपालिका वडा नम्वर १० स्थित चरेपानी जंगलको विचमा पर्ने कालिका मन्दिरको ढोकामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । आईतवार विहान अर्घाखाँची प्रहरीले जिल्ला अस्पताल सन्धीखर्कमा शव पोष्मार्टम गरी दाह सस्कारका लागि परिवारजनलाई बुझाएको छ ।

२०७३ साल माघ ७ गते सन्धीखर्कमा भएको अर्घाखाँची महोत्सव हेरेर उनले पढ्ने स्थान वाङलाको आँमडाँड तर्फ जाँदै गर्दा भुमिका स्थान नगरपालिका वडा नम्वर ४ धारापानी मकै डाँडाका अन्दाजी २५ वर्षिय राजु अधिकारीले मोटरसाईकलमा 'म पुराई दिन्छु' भनेर चढाएका थिए । उनले समितालाई त्यस तर्फ लैजाँदै गर्दा नास्ता गरेर जाउँला भन्दै सन्धीकर्खको होटल डायमण्डमा पुराएका थिए । प्रहरीलाई दिएको वयान अनुसार नसालु पदार्थ सेवन गराई उनलाई अधिकारीले त्यस रात त्यही राखेर बलात्कार गरेका थिए । त्यही घटनाको रिसईवीका कारण अहिले उनको हत्या भएको हुन सक्ने बताउँछन् सोही वडाका वडा सदस्य जनकलाल गैरे ।


वलात्कारको तेश्रो दिन माघ ९ गते जिल्ला अदालत अर्घाखाँचीमा मुद्धा दर्ता भएको थियो । त्यस लगत्तै फरार आरोपी अधिकारी हालसम्म वेपत्ता छन् । यहि पुष ६ गते एक वर्ष पुरा भई दोश्रो वर्षका लागि पक्राउ पुर्जी जारी गरेकै दिन उनी मृत फेला पर्नु शुनियोजित रुपमा उनको हत्या गरिएको आशंका परिवारजन र अधिकारकर्मीहरुले गरेका छन् । दलित मुक्ति मोर्चा अर्घाखाँचीका जिल्ला संयोजक जंग परियार ।

वलात्कार पछि उनलाई गाउँमा असुरक्षा महशुस गरी परिवारजनले पढ्नका लागि ललितपुरमा रहेकी मामाकी छोरी मिनाको घरमा राखेर पढाउन पठाएका थिए । कक्षा ११ मा पढ्ने समितिता विहिवारका दिन विहान सदा झै पौने ६ वजेतिर मिनाको घरबाट कलेज जान्छु भन्दै हिडेकी थिईन् । कलेज जान्छु भने पनि समितिा आउट ड्रेसमा हिडेकी थिईन् । त्यस दिन दिउँसो ११ वजे तिर समितिलाई उनै दिदी मिनालाई फोन गरेर म अर्घाखाँची कै एक जना केटासंग विवाह गरेर ईन्डिया तिर जाँदै छु अहिले वुटवल आई पुगे भनेर फोन गरेकी थिईन् । दिदी मिनाले नपत्याएर किन ठट्टा गर्छेस छिटो घर आउ भनेर फेरी फोन गरेकी थिईन् । त्यस पछि समिताले फोन स्वीच अफ गरेपछि सम्पर्क विहिन भएकी थिईन् ।

यस घटनावारे परिवारको तर्फबाट संयोजन गरिरहेका समितिाका भिनाजु हुमबहादुर नेपाली उनी आफै झुण्डिएर आत्मा हत्या गरेको कुरा पत्याउनै नसक्ने बताउँछन् । त्यस मन्दिरमा समिता झुण्डिएको वलेसी ५ फिट भन्दा बढि छैन् । त्यो भन्दा अग्ली समिता छन् । उनको घुँडा पहिल्लै नुगाईएको, थप डोरी भुँईमा पनि छ । कोखैमा चुरोटको ठुटा निभाएर राखिएको छ । नेपाली भन्छन् – 'घटनाको प्रकृतिले उनलाई पहिला डोरीले गला कसेर हत्या गरी झुण्डाईको छ । समिताका पिता विष्णुबहादुर नेपाली स्थानिय शिक्षक हुन् । छोरीको वलात्कार गरिएका व्यक्तिको षडयन्त्रमा छोरीको हत्या गरिएको आरोप उनले लगाउँ छन् ।

घटनाका सम्वन्धमा अर्घाखाँची प्रहरी प्रमुख डिएसपी एकनारायण कोईरालासंग सम्पर्क राख्दा उनले अनुसन्धान भईरहेको बताए । हत्याको आशंका गर्ने आधारहरुः घटना स्थल भन्दा समितिको घरमा पुग्न करिव साढे दुई घण्टा लाग्छ । उनले बुटवलबाट ललितपुर स्थित दिदी मिनालाई फोन गरे पनि घरमा फोन गरेकी छैनन् । उनि आफ्नो मन खुशीले अर्घाखाँचाी घरमा आएको देखिन्न । उनि तिहारमा घर आएर गएकी थिईन् । घटनाको केहिदिन अघि मात्र आमालाई उनले फोन गरेकी थिईन् ।

वलात्कार घटनापछि उनि पितासंग ठाडो शिर लगाएर बोल्न सक्दीनथिन् । त्यसैले पनि पितासंग फोन हुँदैनथ्यो । त्यस अघि दिदी मिनासंग र परिवारका कुनै सदस्यसंग कसैसंग माया प्रेम रहेको सुईको उनले दिएकी थिईनन् । वलात्कृत भएदेखि उनी निकै सजग हुँदै आएकी थिईन् ।

त्यस दिन एक्कासी घरबाट निस्कनु र दिउँसो एक कल फोन पछि स्वीचअफ गर्नु र तीन दिनपछि मात्र जंगल विचको मन्दिरमा उनको शव फेला पर्नुले समितिलाई भारत तिर वा वुटवलतिर बस्ने कसैले षडयन्त्रमुलक ढंगले लभ चक्कर चलाई रहेको र विवाह गरेर ईन्डियातिर जाने वाहनामा अपहरण गरी जंगलमा लगेर हत्या गरेको हुनसक्ने आशंका गर्न सकिन्छ । यस घटनाको गम्भीर रुपले अर्घाखाँची प्रहरीले अनुसन्धान गर्न जरुरी देखिन्छ । प्रहरी गम्भीर नभएको भन्दै दलित अगुवा खड्ग दर्नाल लगायतका नेताहरुले आन्दोलन चर्काउने चेतावानी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो