2026-09-19 07:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सरसफाई सप्ताहमा ८० प्रतिशत फोहोर हटाईयो, बुधबारबाट दोश्रो सप्ताह शुरु

चिसाङ शेर्पा/पुस १२, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिकाले सरसफाई सप्ताह अबधिमा दिक्तेल बजारभित्रको ८० प्रतिशत पुराना फोहोर व्यवस्थापन गरेको छ । 

गएको पुस ५ गतेबाट शुरु भएको पुराना फोहोर हटाउ अभियानको अन्तिम दिन बुधबार नगरपालिकाले कामको समिक्षा गर्दै दिक्तेल बजारमा रहेका पुरानाभन्दा पुराना फोहोरलाई ल्याण्डफिल्ड साईडमा ब्यवस्थापन गरेको जनाएको छ । 

नगरपालिकाले नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले सप्ताब्यापी रुपमा गरिरहेको ऐतिहासिक कार्यहरु सफल भएको छ । सडकपेटीमा सामान हटाउ अभियान पुर्णरुपमा कार्यान्यवन भएको छ । अबैधानिक बस तथा जिपका टिकट काउण्टर ९५ प्रतिशतले अन्यत्र हटाउन सफल भएकोे नगरपालिकाले जनाएको छ ।

बिना दर्तामा चलेका अन्य टिकट काउण्टरहरु धमाधम हट्ने/हटाउने काम तिब्रगतीमा भईरहेको छ । प्रत्येक होटलमा ब्यवस्थित धुम्रपानका लागि छुट्टै स्मोकिङ जोन बनाउन सफल भएको नगरपालिकाले जनाएको छ । 

यद्यपी, यातायात व्यवसायीका लापारबाहीका कारण बस तथा जिपहरु अझै बसपार्क र जिपपार्कमा लान नसकिएको रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले बताए ।

सप्ताहब्यापी सरसफाईको समिक्षा गर्दै नगरपालिका तथा नगरवासीले व्यवस्थापन गर्न बाँकी फोहोरमैलालाई बुधबारबाट दोश्रो सरसफाई सप्ताह शुरु गरेर ल्याण्डफिल्ड साईडमा ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई