2026-09-19 07:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बस र जिपले बुधबारबाट पार्किङ स्थलमा मात्रै पार्किङ गर्नुपर्ने

चिसाङ शेर्पा/पुस १२, खोटाङ खोटाङमा बुधबारबाट बस तथा जिपहरुले आ–आफ्नो स्थानमा पार्किङ नगरेमा प्रति गाडीले ५ हजार जरिवाना तिर्नुपर्ने भएको छ । 

रुपाकोट मझुवागढी नगरपालिकाले गएको पुस ५ गतेबाट शुरु गरेको नगरसफाई अभियानको अन्तिम दिन बुधबार कार्य समिक्षा गर्दैे यस्तो निर्णय गरेको हो । 

जिल्लामा सञ्चालित सवारीसाधनलाई पटकपटक बसपार्क र जिपपार्कमा पार्किङ गर्न अनुरोध गरे पनि यातायात व्यवसायीका लापारबाहीका कारण बस तथा जिपहरु अझै बसपार्क र जिपपार्कमा लान नसकिएकाले भोलीबाट लागु हुने गरी यातायात व्यवसायी, नगरवासी र नगरपालिकाले जरिवाना लिने निर्णय गरेको रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले बताउनुभयो ।

जिप हाँटडाडामा रहेको जिपपार्क र बस तथा ट्रक आचार्यटोल र सोल्मा डाडाँगाउँमा रहेको बसपार्कमा पार्किङ गर्नुपर्ने छ । सरसफाई सप्ताहको समिक्षाबाट पारित निर्णको वेवास्ता गरी अन्यत्र पार्किङ गरेमा सवारीसाधन जिल्ला प्रहरी कार्यालयमा राखिने समिक्षा भेलाले निर्णय गरेको छ ।

यस्तै, बुधबारदेखी नै दिक्तेलबजारमा बिहान ९ बजेदेखी साँढे दशबजेसम्म र साँझ ३ बजेदेखी साँढे चार बजेसम्म मोटरबाईक बाहेक कुनै पनि सवारी साधन गुडाउँन निषेध गरिएको नगरपालिका प्रमुख रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई