पढ्न करिब 1 मिनेट लाग्छ

पुस १२, भोजपुर । आजदेखि भोजपुर–धरान ट्याक्सी सञ्चालनमा आएको छ ।

सगरमाथा ट्याक्सी व्यवसायी संघ, भोजपुर र सुनसरी ट्याक्सी व्यवसायी संघको सम्झौताअनुसार आजदेखि ट्याक्सी सञ्चालन गरिएको हो ।

दुवै व्यवसायी संघबीच भएको निर्णयअनुसार भोजपुरबाट दैनिक तीन र धरानबाट पनि तीनवटा ट्याक्सी सञ्चालनमा ल्याइएको संघका कोषाध्यक्ष अर्जुन तामाङले जानकारी दिनुभयो । सो रुटमा चल्ने ट्याक्सीको भाडादर रु एक हजार ५० तोकिएको छ ।

यातायात क्षेत्रमा रहेको अनियमित भाडादरलाई नियन्त्रण गर्दै सर्वसाधारणको सहज सेवाका लागिसमेत ट्याक्सी सञ्चालन गरिएकोे संघले जनाएको छ । यसअघि भोजपुर–धरान सडकखण्डमा बसले मात्र सेवा दिँदै आएको थियो । रासस