२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा मिठाई बेचेर सर्लाहीमा दुइतले घर

२०७४, १३ पुष बिहीबार १५:२९

पुस १३, सर्लाही | सर्लाहीका १८ वर्षीय सुनिलकुमार साहले सोलुखुम्बुमा मिठाई बेचेर तराईमा घर बनाउनुभएको छ । २०७२ सालमा सोलुखुम्बु आएका साहले सल्लेरीमा सुरु गरेको मिठाई पसलबाट सर्लाहीको मलगंवामा २ तले घर बनाउनुभएको हो । दैनिक २ हजारदेखि २५ सय रुपैयाँसम्म आम्दानी गर्दै आएको उहाँले बताउनुभयो ।

सोलुखुम्बु सदरमुकाम सल्लेरीमा सञ्चालन गरेको मिठाई पसलबाट मासिक ६०  देखि ७० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको साहले बताउनुभयो । जसबाट तेल, पिठो, चिनीलगायत मिठाईमा प्रयोग हुने सामाग्रीको खर्च कटाएर मासिक ३० हजार रुपैयाँसम्मसम्म वचत हुने गरेको छ ।

उहाँले सञ्चालन गर्नुभएको जय ज्वालामाई मिठाई पसलमा जेरी, लड्डु, खजुरी, पानीपुरी, समोसा र चटपटेको परिकार नचाख्ने व्याक्ति सल्लेरीमा कमै होलान् । धेरै बालबालिका, युवा र बृद्धबृद्धालेसमेत मिठाई रुचाउने भएकाले आफ्नो व्यापार राम्रो रहेको सञ्चालक साहले बताउनुभयो । दैनिक रुपमा बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म पसलमा र शनिबार पनि सप्ताहिक हाटमा मिठाई बेच्दै आउनुभएका साह आफू मिठाई व्यवसायबाट सन्तुष्ट रहेको बताउनुहुन्छ ।

धेरैजना कामको खोजीमा विदेश पुगेका छन् । तर सर्लाहीका मिठाई व्यापारी शाह मेहनत गर्ने हो भने कामका लागि भौंतारिनु नपर्ने बताउनुहुन्छ । कुनै पनि काम सानो ठूलो नहुने भएकाले पेसाको सम्मान गर्नुपर्ने र काम गर्न लजाउन नहुने उहाँको भनाई छ ।

‘आफ्नो जन्मथलो सर्लाही भएपनि कर्मथलो सोलुखुम्बु बनाएको छु, मेहनत गर्छु । सोचे जस्तो प्रतिफल नआउने त कुरै भएन’  उहाँ भन्नुहुन्छ, ‘सोलुखुम्बुमा मिठाई बेचेर कमाएको पैसाले २ जना दिदीहरुको बिहे समेत गरिदिएँ । अहिले घरखर्च समेत यही कमाईबाट चलाएको छु ।’

सर्लाहीमै कक्षा ७ सम्म पढेका १८ वर्षीय साहले आर्थिक अवस्था कमजोर भएकाले आफूले पढाईलाई निरन्तरता दिन नसकेको बताउनुभयो । पढ्न नसकेपछि आफ्नो कामबाट उहाँ निकै सन्तुष्ट हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन