पढ्न करिब 1 मिनेट लाग्छ

पुस १३, मकवानपुर । मकवानपुरको भिमफेदी कारागारमा कैदि बन्दी बिचको दुईपक्ष बिचमा झडप हुँदा ६ जना बन्दी घाईते भएका छन् ।

जेलमा नाईके बिरुद्धमा केही पक्षले आवाज उठाँदा दुईपक्ष बिचमा झडप भएपछी छ जना बन्दीहरु घाईते भएका हुन् । जेलमा रहेका नाईके रमेश लामाका बिरुद्धमा आवाज उठाउँदा दुईपक्ष बिचमा झडप भएको हो ।

लामा बिरुद्धमा आवाज उठाएको भन्दै अरु बन्दी माथी कुटपिट भएको र ६ जना घाईते हुन पुगेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक बिकाशराज खनालले बताउनुभयो ।

झडपका क्रममा नाईके लामाका पक्षबाट कुटपिटका क्रममा जेलका बन्दी दिब्य श्रेष्ट, शुरेश थिङ, सुवाश प्रधान, बाबु रेग्मी, मधु गिरी र आशिस राई घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरिक्षक दिलीपराज झाले बताउनुभयो ।

घाईते मध्यमा चारजनाको हेटौडाको चुरेहिल अस्पतालमा र दुईजनाको उपचार पछी फेरी जेल चलान गरिएको छ ।