Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
December 29, 2017 झापा - JP, समाज

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १४, झापा । पाडाजुँगी–गौरादह सडकखण्डमा आज दिउँसो ट्र्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका–१ निवासी २८ वर्षीय भानु थापा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मे८प ४०८७ नंको मोटरसाइकलमा सवार थापालाई गौरादहबाट उत्तरतर्फ आइरहेको मे१त ४५०१ नंको ट्र्याक्टरले ठक्कर दिएको प्रहरी नायब निरीक्षक याम खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते थापालाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस