१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

समाजिक सुरक्षा भत्ता समयमै नपाउँदा कञ्चनपुर जेष्ठनागरिक पिडामा

१६ पुष २०७४, आईतवार ११:५६

भास्कर के.सी/पुस १६, कञ्चनपुर । नेपाल सरकारले वृद्धहरु तथा एकल महिलाहरुलाई दिएको समाजिक सुरक्षा भक्ता कञ्चनपुरको एक बैंकले समयमा दिन नसक्दा एकल महिलाहरु तथा जेष्ठनागरिकहरु पिडामा परेका छन् । 

असोज ६ गते भिमदत्त नगरपालिकाले बैंकमा समाजिक सुरक्षा भत्ता पठाइसकेको तर बैंकले अहिले चार महिना वित्दा सम्म पनि वितरण गर्न नसक्दा सेवाग्राही मारमा परेका छन् । 


विहान ६ बजे घर देखि हिडेर १० बजे सम्म बैंकमा लाइन लाग्दा पनि ५० जना सम्मलाई कुपन दिने सिस्टम भएकोले आफुले पाउने सेवा सुविधा नपाएको वडा नं. ९ ब्रह्मदेवकी वर्ष ४६ कि एकल महिला नन्दा देवी नाथले बताउनु भयो बैंकले तोकेको मितिमा आउदा पनि कुपन सिस्टम भएको र बैंक कर्मचारी ढिला सुस्तीको कारण आफुहरुले दुख पाउनु परको साथै एक पटक आवत जावत गर्दा रु.२००।– खर्च बोहर्नु पर्ने नाथले बताइन् । 

उता बैंकका कञ्चनपुर शाखा प्रबन्धक कृष्ण बहादुर बोहराले ढिलो भएको स्वीर्कानु भएको छ । हामीले कार्तिक सम्ममा वितरण गरि सक्नु पर्ने थियो हाम्रो बैंक मर्जको प्रक्रियामा गएको कारण साँझा विकास बैंक बाट देवः विकास बैक लिमिटेड हुने प्रक्रियामा रहदा ढिलो भएको हो । त्यसकारण पुष ३ गते देखि बाँडन शुरु गरेको बताउनु भयो ।

साथै भिमदत्त नगरपालिकाका ९ वटा वडाहरु बाट यस बैकमा समाजिक सुरक्षा भक्ता पाउने ३५सय देखि ४ हजार जना सेवाग्राहीलाई दैनिक ५० जना भने पनि दैनिक ७५ देखि ८० जना व्यक्तिलाई सुरक्षा भक्ता दिदै आइरहेको र माघ सम्ममा भक्ता वितरण गरेर सक्ने,  यो नै अन्तिम पटक भएको समेत उनले बताए । 

टाढा देखि आएका व्यक्तिलाई दुःख र झन्झन्टिलो भईरहेको छ । वृद्ध व्यक्तिलाई धेरै गाह्रो भएको आफ्नै सुरक्षा भक्ता पाउन पनि भिखारी जस्तो दुःख व्यहोनु परेका जेष्ठ नागरिक समाजका जिल्ला अध्यक्ष गंगाराम गिरीले बताउनु भयो ।

भिमदत्त नगरपालिकाका प्रवत्ता तथा वडा नं.१८ का वडा अध्यक्ष राजेन्द्र पाण्डेयले बैंकमा भिड र झन्झटिलो हुनुको साथै आउन जान समस्या भएको कारण अब उपरान्त प्रत्येक वडामा समाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि केही बैंकहरु संग सम्झौता भई सकेको छ । सबै सेवाग्राहीलाई अब उपरान्त वडामै उपलब्ध गराउने बताए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक