२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रामारोशन २ चाफामाण्डौँ पुर्ण जन्मदर्ता सुनिश्चित वडा घोषणा

१६ पुष २०७४, आईतवार १५:३४

कमल रावल/पुस १६, अछाम । रामारोशन गाउपालिका वडा नम्बर २ चाफामाण्डौँलाई पुर्ण जन्मदर्ता सुनिश्चित वडा घोषणा गरिएको छ । 

वडाका सबै बालवालिकाको जन्मदर्ता कार्य भईसकेको र आगामि दिनमा निरन्तर दिने अभियान सहीत जन्मदर्ता सुनिश्चित घोषणा गरिएको हो । वडा अध्यक्ष चक्र रावलको अध्यक्षतामा भएको कार्यक्रममा रामारोशन गाउपालिकाका अध्यक्ष झँकर साउद भाष्कर प्रमुख अतिथी रहनुभएको थियो । 

प्रमुख अतिथी साउदले आफ्नो गाउपालिकालाई जिल्लाकै नमुना बनाउनका लागि समाजिक जागरणका अभियानको थालनी गर्ने बताउनु भएको छ । समाज परिवर्तन सकारात्मक सोच र चेतनाबाट मात्र सम्भवन भएकाले सबैको ध्यान त्यस तर्फ हुनुपर्नेमा जोड दिएका थिए । 

आगामि दिनमा सम्पन्न गाउपालिका बनाउन कृषि र पर्यटनमा नयाँ क्रान्ति ल्याउने प्रतिबद्धता जनाएका थिए । निकट भबिष्यमा नेपाल टेलिकमको टावर जडन गरि सबैलाई सुचना तथा सञ्चारमा जोड्नि बाईफाई समेत जडने गर्ने बताएका थिए । 

एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा पुर्व गाबिस अध्यक्ष चक्र बहादुर रावल बिशिष्ट अतिथी रहनुभएको कार्यक्रममा नेकपा एमालेका हृदयराज देवकोटा, नेकपा माओवादि केन्द्रका मिन बहादुर परियार, नेपाली काग्रेसका परेकराज देवकोटा, शिक्षक महासघ अछामका सह अध्यक्ष हिक्मत बहादुर थापा, वाक नेपालका जिल्ला अध्यक्ष मिन बहादुर कुवर, रामारोशन गाउपालिका स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ देवकोटा, नेरा माविका प्राचार्य मनोज रावल, वडा नम्बर १ का अध्यक्ष खडक साउद लगाएतले मन्तव्य राख्नुभएको थियो । 

वडा सदस्य सरस्वती पण्डीत देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन वडा सचिव उपेन्द शाहले गर्नु भएको थियो । वडालाई वाक नेपाल र सेभ द चिल्डे«नको सहयोगमा घोषणा गरिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य