पढ्न करिब 1 मिनेट लाग्छ

नन्द बहादुर रोकाया/पुस १७, मुगु । पश्चिम खत्याड भेगकि एक जना सुत्केरी किशोरीलाई उपचारका लागी सुर्खेत रिफर गरीएको छ ।

खत्याड गाउँपालीका वडा नं १० का देबि सिहं चदाराकि १८ बर्षय श्रीमती होजाली चदारालाई सुत्केरी बेथाले सताएपछी उपचारका लागी क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत रिफर गरीएको हो ।

३३ हप्ताको गर्भ रहेकी चदारा उपचारका लागी शुक्रबार प्रथामिक स्वास्थ्य चौकि कोटडाँडामा पुगेपनी उहाँलाई रक्तस्रहाव धेरै भएको पेट दुख्ने र मुर्छा पर्ने भएका कारण उपचार सम्भव हुने नदेखि पछी थप उपचारका लागी सुर्खेत रिफर गरीएको बताईएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय मुगु, जिल्ला प्रशासन कार्यलय मुगुको समन्वयमा र क्षेत्रिय स्वास्थ्य निर्देशनलया सुर्खेत को सहयोगमा बिरामी होजाईली थप उपचारका लागी क्षेत्रिय अस्तपता काला गाउँ सुर्खेतमा रिफर गरीएको जिल्ला स्सास्थ्य कार्यलय मुगुका सुचना अधिकारी बली बहादुर बुढाले जानकारी दिनुभयो ।

गर्भवती होईजाली लाई आईतबार मकालु एयरबाट बाजुराको कोल्टी हुदै क्षेत्रिय अस्तपता काला गाउँ पु¥याईएको र अहिले उपचारभईरहेको बताईएको छ ।