2026-09-08 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको कालिमाटि गाउँपालिकाको कुनै पनि वडामा छैन विजुली

शंकर केसी/पुस १७, सल्यान । सल्यानको कालिमाटी गाउँपालिकामा कुनै पनि वडालाइ विजुलि वत्तीले नछोएकोले गर्दा सिंगो गाउँपालिकाबासि अन्धकारमा बस्न बाध्य भएका छन् । 

सात वटा वडा रहेको कालिमाटीमा विजुलि वत्तीको पहुँच नपुग्दा स्थानीयहरु धेरै कुरामा पछाडी परेका छन् । विद्युत अभावमा गाउापालिका झनै प्रभावित देखिएको छ ।

स्थानीय सरकारको रुपमा रहेको गाउँपालिका कार्यालयले नागरकलाइ सेवा प्रवाह गर्दा विद्युत अभावमा प्रभावकारि हुन नसकेको पाइएको छ भने दैनिक कार्य समपादनमा समेत बाधा पुग्ने गरेको छ । कालिमाटी गाउापालिकाका अध्यक्ष दान बहादुर केसीले विजुलि वत्ती नहुँदा उत्पन्न हुने समस्या आफुहरुले झेल्नुपरिरहेको बताए ।

उनले भने ‘विजुलि नहुँदा कार्यालयमा सञ्चालन हुने हरेक काममा समस्या उत्पन्न हुने गरेको छ, विद्युत अभावकै कारण हाम्रो गाउँपालिका टेलिफोन, इन्टरनेट तथा बैंक सेवाबाट वञ्चित हुनुपरेको छ ।’ 

कतीपयले वैकल्पीक उर्जाको रुपमा सोलार जोडेको भएपनि अझै स्थानीयहरु टुकी बालेर अध्यारो हटाउनुपर्ने बाध्यतामा रहेको गाउापालिका उपाध्यक्ष शनशिलता ओलीले बताइन् ।

‘गाउँपालिकाबासिलाइ कुटान, पिसान देखि लिएर मोवायल चार्ज गर्न समेत समस्या छ,’ उनले भनिन् ‘गाउँपालिकाको कार्यालयमा पनि कर्मचारिहरुले विजुलि अभावमा काम गर्न कठिनाइ हुने गरेको सुनाइरहन्छन् ।’ अन्धकार हटाउने र विद्युत भित्राउने भन्दै गाउँपालिकाले आर्थीक वर्ष २०७४÷०७५ का लागी एक करोड पचास लाख रुपैया विनियोजन गरेको छ ।

छिमेकी जिल्ला सुर्खेत र दाङबाट विद्युत भित्राउने तयारिमा आफुहरु लागेको उपाध्यक्ष ओलिले बताइन् । विद्युतको पोल गाड्ने जिम्मा पाएको ठेकेदारको ठिलासुस्तीले गर्दा पनि कालिमाटी गाउापालिकालाइ विद्युतको पहुँचमा पुर्याउन समस्या भइरहेको गाउँपालिकाले जानकारि दिएको छ । 

अध्यक्ष केसीले भने गएको भदौमा नै ठेकेदारले पोल गाड्ने जिम्मा पाएको हो तर उसकै ठिलासुस्तीले गर्दा विजुली बाल्ने गाउँपालिकावासिको रहर पुरा हुन सकेको छैन ।

विजुलि भित्राएपछि आफुहरु टेलिफोन, इन्टरनेट जडान र बैंक ल्याउनका लागी काम अगाडी बढाउने तयारिमा रहेको केसीले बताए । विजुलि अभावकै कारण टेलिफोनको समस्या आइपरेको उनको भनाइ छ । 

अहिले गाउापालिकाको वडा नम्बर १, २ र ३ मा नमस्ते फोन र वडा नम्बर ४, ५, ६ र ७ मा स्काइ तथा एनसेलले आंशिक रुपमा काम गर्ने गरेको अध्यक्ष केसीको भनाइ छ ।

विद्युत नभएकै कारण इन्टरनेट जडान हुन नसकेको तथा बैंक आउन नमानेका कारण विकास निर्माणका काममा प्रत्यक्ष प्रभाव परेको गाउँपालिकाले जनाएको छ । बैंक नहुँदा सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ