पढ्न करिब 1 मिनेट लाग्छ

पुस १७, मकवानपुरर । पुर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ मा गाई काटिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

गाई काटेर मासु भाग लगाईरहेको अवस्थामा प्रहरीले ४ जनालाई रंगेहात पक्राउ गरेको हो । बकैयाको हात्तिसुडे प्रहरी चौँकिबाट प्रहरी साहायक निरक्षक जयप्रकाश पाण्डेको नेतृत्वको टोलीले बकैया ४ कान्द्राङबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बकैया ७ का राजकुमार सिंतान, शंकर भोम्जन, प्रेमबहादुर लोप्चन तथा जयबहादुर नेगी रहेका छन् । पछिल्लो समय बकैया गाउँपालिकामा राष्ट्रि जनावरको रुपमा रहेको गाई काटेर खाने क्रम बढेको सूचना प्राप्त भएपछि प्रहरीले सक्रियता बढाएको छ ।

राष्ट्रिय जनावरलाई अपमान गरेकोमा उनीहरुलाई कडा कारबाहीको माग स्थानीयहरुले गरेका छन् ।