१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

सौर्य ऊर्जाले रोल्पाका गाउँघर झलमल्ल

१८ पुष २०७४, मंगलवार ०५:२५

उमा केसी/पुस १८, रोल्पा । अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन् । 

जिल्लाका ४८ प्रतिशत घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । सौर्य ऊर्जामा जनताको पहुँच बढेसँगै उज्यालोका लागि सल्लाको दियालो र मट्टितेलको टुकी प्रयोग गर्नुपर्ने झण्झटबाट जिल्लावासी मुक्त भएका छन् । 

जिल्लामा साना र घरेलु सौर्य ऊर्जासमेत गरी प्रयोगकर्ताको संख्या २० हजार ९५१ घरधुरी देखिएको छ । यो संख्या जिल्लाको कुल घरधुरी संख्याको करिब ४८ प्रतिशत हो । 

सौर्य ऊर्जामध्ये सात हजार ३४४ घरधुरीले साना घरेलु सौर्य ऊर्जा र १३ हजार ६०३ घरधुरीले घरेलु सौर्य ऊर्जा प्रयोग गर्दै आएको ऊर्जा शाखा तथा वातावरण शाखाले जानकारी दिएको छ । सौर्य ऊर्जामा सरकारले अनुदान दिएकाले पनि यसको अधिकतम घरधुरीमा यसको पहुँच पुगेको हो । 

साना तथा घरेलु सौर्य ऊर्जाबाट बत्ती बाल्ने, टेलिभिजन हेर्ने तथा मोबाइल चार्जको काममा समेत टेवा पुगेको स्थानीयले बताएका छन् । 

जिल्लामा सौर्य ऊर्जापछि विद्युतीय ऊर्जा प्रयोगकर्ताको संख्या पनि वृद्धि हुँदै जान थालेको छ । जिल्लामा विद्युतीय ऊर्जा प्रयोगकर्ता ३० प्रतिशत देखिएका छन् । जिल्लाका सात हजार ७४४ घरधुरीले नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण उपभोग गरिरहेका छन् । 

यसैगरी जिल्लाका पाँच हजार ६०८ घरधुरीले स्थानीय खोलानालाबाट निकालिएको लघु जलविद्युत् उपभोग गर्ने गरेका छन् । हालसम्म जिल्लाका विभिन्न ३३ वटा साना तथा लघु जलविद्युत् योजनाबाट ६१७ किलोवाट जलविद्युत् उत्पादन भएको जिल्ला ऊर्जा तथा वातावरण शाखा रोल्पाले जानकारी दिएको छ । 

लघु जलविद्युत्का ६३ योजनामध्ये ३३ वटा पूरा भएको, दुई वटा बिग्रिएको र ३१ वटा निर्माणाधीन रहेको ऊर्जा इञ्जिनियर हुकुम बुढाले जानकारी दिनुभयो । निर्माण सम्पन्न ३३ मध्ये साना जलविद्युत् १८ वटा र लघु जलविद्युत् १५ वटा रहेको उहाँले बताउनुभयो । 

वैकल्पिक ऊर्जाको अर्को स्रोतको रुपमा रहेको बायोग्यासका प्रयोगकर्ता भने जिल्लामा निकै कम देखिएका छन् । विभिन्न संघ संस्थाले बायोग्यास जडानका लागि अनुदानसहित सहयोग गर्दै आएको भए पनि यसप्रति भने जनताको आकर्षण खासै देखिएको छैन । जिल्लामा २०५ घरधुरीले मात्रै बायोग्यास जडान गरेको जिल्ला ऊर्जा तथा वातावरण शाखाले जानकारी दिएको छ । 

सोलार र बिजुली प्रयोगकर्ताको संख्या वृद्धि भएसँगैै रोल्पालीको स्वास्थ्यमा समेत सुधार भएको बताइएको छ । विगतमा प्रयोग गरिने दियालो र मट्टितेलको धुवाले आँखा तथा फोक्सोका रोगीको संख्या अधिक हुने गरेकोमा पछिल्ला दिनमा सो समस्या न्यूनीकरण हँुदै गएको बताइएको छ । 

जिल्लामा सुधारिएको चुलोका प्रयोगकर्ता समेत अत्यधिक बढेसँगै वन जंगल संरक्षणमा समेत टेवा पुगेको बताइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक