पढ्न करिब 2 मिनेट लाग्छ

नन्द बहादुर रोकाया/पुस १९, मुगु । मुगुका बेरोजगार युवा जडीबुटी संकलन गरेर जिविको पार्जन गदै आएका छन ।

हिउँदको समय त्यसै बस्नु पर्ने हुदाँ मुगुका बेरोजगार युवा आज भोली कोहि धन कमाउन भन्दै भारत गहेका छन भने कोहि युवा जडीबुटी संकलन गर्न भन्दै मुगुका हिमाल तिर लागेका छन ।

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका का हस्त बहादुर बुढाका अनुसार बर्षनी मुगुका बेरोजगार युवा हिउँद शुरु हुँदा नहुँदै जडिबुटी खोज्न हिमालतिर जाने गरेको बताउनु हुन्छ ।

यार्सा,को सिजनमा यार्सा संकलन गर्न जाने चिराइतो, अतिस लगायतका जडिबुटीको सिजनमा यिनै जडीबुटी संकलन गरेको उहाँले बताउनुभयो उहाँले भन्नुभयो बेरोजगार छौ जडीबुटी खोज्नु नगएत खानै पुग्दैन वर्षैपिच्छे हामि जडीबुटी संकलन गरी बिक्रि गरेर जिविको पार्जन गदैको बुढाले बताउनुभयो ।

यसरी जडीबुटी संकलनगरी जिविको पार्जन गर्ने मुगुका बेरोजगार युवा धेरैछन मुगु जिल्लाका हिमालमा जडीबीको राजा मानिने यार्सागुम्बा सतुवा ,चिराईतो,अतिस,भुल्त्या ,बनलसुन, काकाँरसिलो लगयात अन्य जडीबुटी प्रशस्त पाईने गर्दछन् ।

तर जडीबुटी खोज्न सजिलो छैन सबै जडीबुटी एकै ठाउँमा पाईंदैन फरक फरक मौसममा विभिन्न ठाउँमा खोज्न जाँदा संकलकहरुले स्वास्थ्य समस्या झेलेर भएपनी जडीबुटी संकलन गनुपरेको छायाँनाथ रारा नगरपालीका वडा नं ६ का जंग बहादुर भामले बताउनुभयो उहाँले भन्नुभयो अप्ठेरो बाटो, चिसो, जाडो छल्दै बास बस्नु पर्ने जोखिम छ भन्ने संकलक सबैलाई थाहा भएपनी बेरोजगारीले यी जोखिम मोल्न तयार बनाएको उहाँको भनाई छ । .

पाँच वर्ष देखि जडीबुटी संकलन गरेर जिविका चलाउँदै आएका स्थानीय धनलाला सावत र लोकेन्द बहादुर सावतका अनुसार मुगुका बेरोजगार युवा जडीबुटी संकलन गर्न वर्षेनि दश बिस हजार मान्छेहरु यार्सा लगायतका जडीबुटी खोज्न हिमालतिर जाने गरेका र यसरी गएकाहरु मध्ये अहिले सम्म ७,८ जनाको ज्यानै समेत गैसकेको बताएका छन । जडीबुटी खोजुञ्जेल संकलकहरुले भोग्नु पर्ने बास बसाइ, खाना, स्वास्थ्य लगायतको समस्या त चाहेर पनि हटाउन नसकिदा समस्याले झेलिरहने बेरोजगार युवाहरु बताउछन ।