2026-09-19 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको हलेसीमा आगलगीबाट ५ करोड ११ लाख १५ हजारको क्षति

चिसाङ शेर्पा | पुस १९, खोटाङ | खोटाङको धार्मिक तथा पर्यटकियस्थल हलेसी बजारमा भएको आगलागीबाट ५ करोड ११ लाख १५ हजारको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानका ब्यवसायी मगम राईको घरबाट शुरु भएको आगोले पुर्णरुपमा चार घर जलेर नष्ट भएको थियो । पाँच घरमा आंशिक क्षति भएको छ ।

मंगलबार साँझ ७:३० बजेबाट खाना पकाउने ग्याँस पड्कीएर शुरु भएको आगोले मगम राई, उचित राई, टम्ब राई र अम्बराज राईको घर पुर्णरुपमा नष्ट भएको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताउनुभयो । थापाका अनुसार प्रकाशचन्द्र गिरी, रेगिन राई, शरण राई, गोबिन राई, कौशिला राईको घरमा आंशिक क्षतिसहित ५ करोड ११ खाल १५ हजारको क्षति भएको छ । आगोलाई मंगलबार राती ११ बजे स्थानियबासी, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । 

बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले बैठकबसी तत्कालका लागि पुर्ण क्षति भएकालाई दश हजार, आंशिक क्षतिलाई ५ हजार नगद दिएका छन् । पिडितहरुका लागि पुर्नवास आवाश्यक परेमा नेपाली सेना र बन कार्यालयले टहरा निर्माण गरिदिने सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए । खोटाङ उधोग वाणिज्यसंघले पुर्णक्षति प्रतिघर दश हजार र आंशिक क्षतिलांई ३ हजारका दरले दिईएको खोटाङ उधोग वाणिज्यसंघका अध्यक्ष राजेन्द्र लयालुले बताए । रेडक्रसले त्रिपाल, राहत दिएको छ ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले आगलागी पिडितलाई खाधान्न, लत्ताकपडा, किचन सामग्री बितरण गरेको छ । आपतको घडीमा देश तथा बिदेशमा रहेका सहयोगीदातालाई सहयोग गर्न नगरपालिकाले अनुरोध गर्दै राहत संकलनका लागि ‘नगर राहत व्यवस्थापन कोष’ खडा गर्न लागिएकोे हलेसी तुवाचुङ नगरपालिकाका मेयर इबन राईले बताउनुभयो । नगरपालिकाले आगलागी पिडितका लागि सहयोगार्थ बुधबारबाट व्यानरसहित हलेसीबाट सहयोग संकलन कार्य शुरु गरेको छ । नगरप्रमुख बिमला राई तथा कार्यकारी अधिकृत अनिल किराती कामको शिलशिलामा काठमाण्डौ रहेकाले उहाँहरुलाई त्यहींबाट सहयोगका लागि खट्न र सबैलाई यस अभियानमा ऐक्यबद्धता जनाउन अनुरोध गरिएको नगरप्रमुख राईले बताउनुभयो ।  

क्याप्सनः हलेसीमा आगोलागीबाट ध्वस्त भएका घर तथा काम लाग्ने सामग्री उठाउँदै विधार्थी र स्थानिय | तस्विर सौजन्य: दमन राई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई