पढ्न करिब 2 मिनेट लाग्छ

नन्द बहादर रोकाया/पुस २०, मुगु । जिल्लाको सदरमुकाम गमगढी नजिकै रहेको एक प्रथामिक बिद्यालयमा अध्यनरत बिद्यार्थी लाई न्यानो लुगा र स्टेशनरी सामान सहयोग गरिईएको छ ।

छायाँनाथ रारा नगरपालीकाको वडा नं ३ मा पर्ने हिमालय प्राथमिक विद्यालय निगालेका गरीव तथा दलित बिद्यार्थी लाई न्यानो लुगा र स्टेशनरी सामान सहयोग गरिईएको हो ।

हिउदको सिजनमा १ बजे पछि घाम जाने भएकाले बाँकी समय आगो बालेर नियमित पठन पाठन गरीन्छ गरीवीका कारण बाक्लो र न्यानो लुगा अविभावकले जुटाउन नसक्दा जाडोमा कठ्याङ्गिदै पढनु पर्ने उनिहरुको रहर नभै बाध्यता रहेको जानकारी फेसबुक मार्फत जानकारी पाएपछि छायानाथ रारा नगरपालिका १३ थार्प गाउँ निवासी हाल स्पेनमा बस्दै तथा व्यवशाय गर्दै आएका पूर्व राष्ट्रिय खेलाडि अक्कल बोहराले दुखि गरिबका छोरा छोरी लाई सहयोग गर्ने चाहानाहा का साथ न्यानो लुगा र स्टेशनरी सामान सहयोग गरेका परिवार स्रोतले जनाएको छ ।

करीव ३५ घर धुरी रहेको निगाले गाँउमा गैह्र दलित भन्दा दलित समुदायको बाहुल्य धेरै रहेको र विद्यालयमा अध्ययन गर्ने ४० जना विद्यार्थीका लागि ४० हजार बराबरको आर्थिक सहयोग गर्नु भएको थियो ।

घाम जाने बित्तिकै विद्यालय बन्द गरौं भने पाठहरु निर्धारीत समयमा पुरा नहुने हुदा आगो बालेर भए पनि पठन पाठन अगाडि बढाउनु परेको दुखसो सुनाउदै प्रधानाध्यापक लोक बहादुर मल्लले सहयोग गर्ने मुगुका आशाका केन्द्र तथा पुर्व म्याराथुनखेलाडी बोहोरा लाई धन्यवाद दिनुभएको छ ।

बोहोराले यस अघि पनी मुगुका दुखि असहाय लाई तथारोगी हरु लाई सहयोग गदै आउनु भएको छ । पोशाक तथा स्टेशनरी सामग्री पाए पछि बिद्यार्थी अविभाकहरुले सहयोगी अक्कल बोहरालाई भगवान सरह सम्झिएका छन । पोशाक तथा स्टेशनरी सामग्री अक्कल बोहराका बुबा मयलाल बोहराको हातबाट वितरण गरिएको बताईएको छ ।