2026-09-19 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी अग्नि पिडित सहयोगार्थ काठमाण्डौमा राहत संकलन समिति गठन

चिसाङ शेर्पा/पुस २०, खोटाङ । हलेसी अग्नि पिडितका लागि राजधानी काठमाण्डौमा दिनेश राईको संयोकत्वमा ७ सदस्य ‘अग्नि पिडित राहत संकलन समिति’ गठन गरिएको छ । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानमा मंगलबार साँझ भएको आगलागी पिडित सहयोगार्थ उक्त समिति गठन भएको हो । बुधबार राजधानीस्थित भृकुटीमण्डप ‘ल’ क्याम्पसमा गठित समितिको सहसंयोजकमा जनक दाहाल, सचिव राजु बिक्रम राई, सदस्य भुपेन्द्र राई, सईन्द्र राई, उमेश राई र सुविन्द्र गिरी रहेका छन् । समितिले सोही दिनदेखी ब्यक्तिगत, संस्थागत तथा सामुहिक सहयोग संकलन शुरु गरेका छन् । 

संकलित सहयोग रकमलाई समितिको छुट्टै खाता खोलेर जम्मा गरिने र एकमुष्ट अग्नि पिडितलाई सहयोग रकम हस्तान्तरण गरिने हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख बिमला राईले बताउनुभयो ।

यस्तै, नेपाली कांग्रेस निकट खोटाङ काठमाण्डौ सम्पर्क समितिले बुधबारै आकस्मिक बैठक बसेर तत्कालल अग्नि पिडितका लागि सहयोग संकलन गर्ने निर्णय पारित गरेको छ । 

नगरपालिकामा अग्नि नियन्त्रक दमकल खरिदका लागि सम्बन्धित निकायमा पहल तथा काठमाण्डौवासी सरोकारवालासँग नगरपालिकाकी उपप्रमुख राई काठमाण्डौमा लागि परेका छन् । 

गत मंगलबार खाना पकाउने ग्याँस पड्कीएर हलेसी बजारमा आगलागी हुंदा ५ करोड ११ लाख १५ हजारको क्षति भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई