१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

दुईदिने अर्धबार्षिक समिक्षा गोष्ठि सुनछहरी गाउँपालिकामा सुरु

२० पुष २०७४, बिहीबार १०:२१

मनिषा राई/पुस २०, रोल्पा । महिला स्वास्थ स्वयम सेविकाहरुको आर्थिक वर्ष २०७४/७५ को दुइदिने अर्धबार्षिक समिक्षा गोष्ठि सुनछहरी गाउपालिका ६ फगाम स्वास्थ्य चौकिमा आजबाट सुरु भएको छ ।

 वडाका ९ वटै महिला स्वास्थ स्वयम सेविकाहरुको उपस्थितिमा सुरु भएको गोष्ठिमा जिल्ला स्वास्थ कार्यलय रोल्पाका जनस्वास्थ निरिक्षक ईश्वरी प्रसाद गौतमको प्रमुख आतिथ्यता एवम गाउपालिका सोभाकर ओग्र्यान थारु, प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरका योगेन्द्र पोख्रेलको उपस्थिति रहेको थियो ।


दुइदिन सम्म सन्चालन हुने उक्त गोष्ठिमा महिला स्वास्थ स्वयम सेविकाको भुमिका, काम कर्तव्य र अधिकार, वडा रजिष्टर अधावधि, गर्भवति जाच, सस्थागत सुत्केरी, पोषण, खोप, महिला स्वास्थ स्वयम सेविका कोष सन्चालन पद्धति र ६ महिना भित्र गरेका गतिबिधिहरुको समिक्षा एवम अवको ६ महिना भित्र गर्नुपर्ने गतिबिधिरुको बारेमा सहजिकरण गरीने स्वास्थ चौकि इन्चार्ज रामानन्द चौधरीले बताउनुभयो । दुई दिन सम्म सन्चालन हुने उक्त गोष्ठिको सहजिकरण सोभाकर ओग्र्यान थारु, रामानन्द चौधरी र हेमराज महराले गरीरहनुभएको छ । 

यसैबिच, जिल्ला स्वास्थ कार्यलय रोल्पाको बार्षिक कार्यक्रम अनुसार नवजात शिशु तथा ५ बर्षमुनिका बच्चाहरुको मृत्युदर घटाउने उदेश्यका साथ समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन कार्यक्रम अन्र्तगत आज सुनछहरी गाउँपालिका ६ फगाम स्वास्थ चौकिमा कार्यरत अनमि र अहेव हरुलाई अन्साइट कोचिङ कार्यक्रम सम्पन्न भएको छ । 


उक्त कोचिङमा जन्मदा निस्सासिएको बच्चालाई कसरी व्यवस्थापन गर्ने, नाभिमलम कसरी लगाउने, मायाको अंगालोमा कसरी राख्ने र आएमएनसिआई कार्यक्रमको उदेश्य अनुसार दुई महिना देखि ५ बर्ष सम्मको बच्चाहरुको समस्याको एकिकृत व्यवस्थापन कसरी गर्ने, सेवा रजिष्टारहरु अधावधि गरी प्रतिबेदन कसरी पठाउने भन्ने बारेमा सहजीकरण गरीएको थियो ।

उक्त कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ कार्यलय रोल्पामा कार्यरत जनस्वास्थ निरिक्षक ईश्वरी प्रसाद गौतम र प्राथमिक स्वास्थ केन्द्र सुलीचोरका योगेन्द्र पोख्रेलले गर्नुभएको त्यहाबाट आभाष क्षेत्रीले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक