२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाको माडीगाउँपालिका -५ पुर्ण सरसफाईयुक्त घोषणा

२०७४, २० पुष बिहीबार ११:५४

मनिषा राई/पुस २०, रोल्पा । भावाङ बासिको अद्भुत एकता, पुर्ण सरसफाईयुक्त वडा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ माडी गाउपालिका वडा नं. ५ साविकको ९ नं. वडालाई रोल्पा जिल्लाकै पहिलो पुर्ण सरसफाईयुक्त गाउ घोषणा गरीएको छ । 


माडी ५ भावाङका वडाअध्यक्ष भरत बहादुर बुढामगरको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राज बहादुर बुुुढामगरले मैन बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

उद्घाटन पश्चात उहाले स्वास्थ्य नै हाम्रो धन भएको कारण सरसफाईमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाले स्वास्थ्य राम्रो भए सबै राम्रो हुने भएकाले माडी गाउपालिकाले जुन सरसफाई सम्बन्धि जुन कदम चालेको छ त्यसमा सबै रोल्पा जिल्लाबासि लगायतले साथ दिनुपर्ने समेत बताउनुभयो । साथै उहालेसरसफाई सम्बन्धि पाच प्लस एकको सुचकलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।  

त्यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि माडी गाउपालिका अध्यक्ष नन्द बहादुर पुनमगरले अज्ञनता नै हाम्रो शत्रु भएको बताउदै सरसफाई पनि एउटा ज्ञान भएको हुनाले सबैले प्राप्त गर्न जरुरी रहेको बताउनुभयो । उहाले स्वास्थ सम्बन्धि नमुना काम गरेको मा धन्यबाद दिदै माडी गाउपालिकालाई पुर्ण सरसफाईयुक्त बनाउने एउटा खुड्किलो पार गरेको बताउनुभयो । 


साथै उहाले सिङगो गाउपालिकालाई नै पुर्ण सरसफाईयुक्त बनाउनको लागि सबैले सरसरफाई सम्बन्धि पाच प्लस एकको सुचकलाई पालन गर्नुपर्ने बताउनुभयो । गाउपालिकाको बिकासको लागि जुनसुकै काममा पनि सहयोग गर्न गाउपालिकाले कुनै कसर बाकि नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका गोपाल घर्ती, पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिक, नेकपा माओबादी केन्द्रका बिजय घर्तीमगर, भोलानाथ आचार्य, दामोदर न्यौपाने, समाज कल्याण परिषद् बाग्लुङका वास अधिकृत अमृता कार्की, रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान वली लगायत स्थानियहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

स्वास्थ चौकि भावाङका इन्चार्ज गोकर्ण बुढामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन बडा सचिव तिर्थ बहादुर घर्तीमगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस