२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बोक्सीको आरोपमा कुटपिट गर्ने आमाछोरीमाथि मुद्दा चलाइयो

२०७४, २१ पुष शुक्रबार ०९:०५

पुस २१, लहान । कथित बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा लहान नगरपालिका–२१ खोरिया टोलबाट पक्राउ परेका आमाछोरीमाथि प्रहरीले मुद्दा चलाएको छ । 

बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरेको भन्दै स्थानीय ३८ वर्षीया रीतादेवी दासले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको ३५ वर्षीया इनरदेवी दास र उहाँकी १८ वर्षीया छोरी निलम दासमाथि मुद्दा चलाएको हो । 

बोक्सी आरोपमा कुटपिट गर्ने आमाछोरीमाथि सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत सिरहामा मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेशचन्द्र ठकुरीले जानकारी दिनुभयो । 

गत शनिबार लहान बजारबाट घर फर्किरहेका बेला बेलुकी ७ बजेतिर बोक्सी लगाउने तिमी नै हो, मेरो घर परिवारका सदस्यलाई रोगी बनाउने तिमी नै हो भन्दै इनरदेवी र उहाँकी छोरी निलमले आफूलाई निर्घात कुटपिट गरेको पीडित रीतादेवीले बताउनुभयो । 

शुरुमा इनरदेवीले भुइँमै पछारे, त्यसपछि निलम र इनरदेवीले निर्घात कुटपिट गरेको रीतादेवीको भनाइ छ । 

बोक्सीको आरोपमा आफूमाथि पटकपटक कुटपिट गर्दा गाउँमै छलफलबाट मिलाउने गरेको भन्दै रीतादेवीले यस पटक आफू कानूनी उपचारका लागि प्रहरीमा आएको बताउनुभयो । 

महिला सम्पर्कविहीन भएपछि परिवार चिन्तित 

लहान नगरपालिका–२४ बस्तीपुरकी एक महिला डेढ महिनादेखि सम्पर्कविहीन भएपछि परिवारका सदस्यहरु चिन्तित बनेका छन् । 

बस्तीपुर निवासी महेन्द्र यादवकी कान्छी पत्नी आशादेवी यादव आफ्ना दुई वर्षीय छोरासहित विगत डेढ महिनादेखि बेपत्ता भएपछि परिवारजन चिन्नित बनेका हुन् । 

जेठी श्रीमतीका छोराबुहारीसँग विवाद भएपछि आशादेवी आफ्ना काखे बालकसहित बेपत्ता भएको उहाँका पति महेन्द्रले जानकारी दिनुभयो । 

बेपत्ता भएकी आफ्नी पत्नी र छोरालाई खोजी गरिदिन इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिए पनि हालसम्म फेला नपरेको महेन्द्रले बताउनुभयो । यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले सम्पर्कविहीन भएकी आशादेवीको खोजी भइरहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस