2026-09-19 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी आगलागी पिडितलाई गुम्बा र लोक नेपालको सहयोग

चिसाङ शेर्पा/पुस २१, खोटाङ । लोक नेपाल नामक संस्थाले खोटाङको हलेसीका आगलागी पिडितलाई ओढ्ने र लगाउने कपडा पठाइदिएको छ । 

मंगलबार राती भएको आगलागीमा घर सहित सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दास लगायतका पिडितलाई लोक नेपालले ७८ हजार ९०० मूल्य बराबरको फाइबर सिरक, टिसर्ट, मिनिकोट, ट्राउजर पठाइदिएको हो ।

लोक नेपालका अध्यक्ष धनबहादुर राई र कोषाध्यक्ष ज्ञानेन्द्रकुमार राईले अग्नी पिडितले पाउनेगरी शुक्रबार काठ्माण्डौंमा हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर बिमला राईलाई फाइबरका १६ थान सिरक, ३९ थान टिसर्ट, १९ थान मिनिकोट र बच्चाका लागि २५ थान ट्राउजर प्रदान गरेको छ । बिस्थापित भएपछि टहरामा कष्टकर दिन बिताइरहेका पिडितको सहज जीवनयापनका लागि ओढ्ने र लगाउने कपडा प्रदान गरिएको लोक नेपालले जनाएको छ 

यसैविच, आगलागी पिडितलाई मारातिका छिमेद ताग्तेन छोलिङ गुम्बाकातर्फबाट राहत वितरण गरिएको छ । बौद्धमार्गीले पाँच पिडितलाई जनही ५ हजारका साथमा ५० केजी चामल बाँडेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभो । 

मगमको घरबाट सुरु भएको आगोले ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो । यसअघि, बिस्थापित परिवारलाई जिल्ला दैबीप्रकोप उद्धार समिति, रेडक्रस, उद्योग बाणिज्य संघ, नगरपालिका, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, हलेसी तुवाचुङ नगरपालिका लगायतले राहत तथा बन्दोबस्तीका सामान प्रदान गरिसकेको छ । अग्नी पिडित परिवार शेरगण मुढे व्यारेकका नेपाली सेना र शसस्त्र प्रहरी बल हलेसी गुल्मका शसस्त्र प्रहरीका जवानले बनाइदिएको अस्थायी टहरामा बसिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई