२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

शिक्षकको मर्यादा, सम्मान र अधिकारको ग्यारेन्टी हुनुपर्छ: नेराशि अध्यक्ष रावल

२०७४, २१ पुष शुक्रबार १५:१६

कमल रावल | पौष २१, अछाम | नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलले हरेक व्यक्तिलाई शिक्षा दिई शिक्षित बनाउने व्यक्ति शिक्षक भएकोले शिक्षकको मर्यादा, सम्मान र अधिकारको ग्यारेन्टी हुनुपर्ने बताउनु भएको छ । 

ग्रामिण क्षेत्रमा दिनरात नभनी निरन्तर कर्तव्य पथमा अघि बढ्ने शिक्षकलाई पछिल्लो समय विभिन्न आरोप, लान्छाना तथा विभेद गर्न थालिएको भन्दै यो चुनौतिपूर्ण अवस्थामा सजग, सचेत र जिम्मेवार भएर शिक्षकले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनु भयो । नगर अध्यक्ष तेज बहादुर रावलको अध्यक्षतामा भएको नेपाल राष्ट्रिय शिक्षक संगठन मंगलसैन नगर समितिको प्रथम नगर अधिबेशनमा प्रमुख अतिथिको आशनबाट बोल्दै जिल्ला अध्यक्ष रावलले केही स्थानीय तहले अहिले सम्म पनि कात्तिक महिनादेखिको शिक्षकको तलब निकाशा नगरेको पाईएकोले तत्काल तलब निकाशा गर्नुपर्ने बताउनु भयो । 

अधिबेशनका बिशिष्ट अतिथि पूर्व जिल्ला अध्यक्ष रत्न प्रसाद ढुंगानाले संघीय संरचनामा अब नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षकका हक, अधिकार र कर्तव्य सहितको मार्गचित्रमा काम गर्ने र सबै शिक्षकका अधिकार स्थापित गर्न सरोकारवाला निकायलाई घच्घचाउने बताउनु भयो । आफ्नो शिक्षक संगठनले शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न रचनात्मक कार्य गर्दै आईरहेको बताउनु भयो । अधिवेशनमा जिल्ला उपाध्यक्ष जानकी बोहरा र लोकराज न्यौपानेले शिक्षक संगठनले स्थापना कालदेखि नै शैक्षिक गुणस्तर, शिक्षकका पेशागत अधिकारको शुनिश्चतताको लागि जुझारु नेतृत्व गर्दै आईरहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी